(कोभिड १९) कोरोना संक्रमणवाट एक डाक्टरको मृत्यु, धेरैमा संक्रमण

नयां दिल्ली, भारत । भारतमा धेरै चिकित्सकहरु कोरोना भाइरस संक्रमणवाट पीडित भएकोमा मध्य प्रदेशमा एक चिकित्सकको मृत्यु भएको छ । बीबीसी हिन्दीका अनुसार, मृत्यु हुने चिकित्सक ६२ वर्षीय शत्रुघ्न पञ्जवानी हुन् ।

मध्ये प्रदेशका मुख्यमन्त्री शिवराज चौहानले सामाजिक सञ्जालमार्फत कोभिड–१९ विरुद्ध लड्दै बलिदान दिने डाक्टरको आत्माको शान्तिको कामना गरेका छन् । यो मध्यप्रदेशमा चिकित्सकको पहिलो मृत्यु हो । चिकित्सकको मृत्युसंगै भारत सरकारले कोरोना संक्रमितहरुको उपचारमा अग्रभागमा खटिने चिकित्सक र नर्सहरुलाई सावधानी अपनाउन अपिल गरेको छ ।

कोरोना संक्रमितहरुको उपचारमा रहेका चिकित्सक र नर्सहरु आफुवाट परिवारमा कोरोना सर्न सक्ने भन्दै घर जान सकिरहेका छैनन् ।