आशिष दाहालको भिडियोमा डेब्यु, कस्तो देखियो करिश्मा ढकाल संग केमिस्ट्री

काठमाडौं । डिलाईटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहाल ‘परिश्रमी’को शब्द रहेको नयाँ गीत ‘माया लाउँदा’को म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित संगीतकार शम्भुजीत बास्कोटाको संगीत रहेको गीतमा लोकप्रीय गायिका मिलन नेवारको स्वर रहेको छ ।

मायाप्रीति बिषयवस्तु रहेको गीतको भिडियोमा आशिष दाहाल, करिश्मा ढकाल र सुदीप भट्टराईलगायतको अभिनय रहेको छ ।नमराज घिमिरेको छायाँकन रहेको भिडियोलाइ शक्ति प्रज्वल घिमिरेले सम्पादन तथा निर्देशन गरेका हुन् । भिडियोलाई डिलाईटेड नेपाल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो यसअघि गीतकार ‘परिश्रमी’को रचनामा धेरै चर्चित गायक गायिकाको स्वरमा गीतहरु बजारमा आइसकेका छ जसलाई दर्शक श्रोताले मन पराएका छन ।