शहरको घरमा थपक्क बसेर के को गनगन ? चुप्प लागेर परिबार संग हाशीखुशी घर बस्यौ ! कि त स्बास्थ्यकर्मिले झै सिधै कोरोना संग लड्न जाऔं !

अमेरिकाबाट स्वास्थ कर्मी महेश भट्टराईले जनचेतनामुलक स्टाटस आफ्नो फेसबुक वालमा शेयर गर्नु भएको छ :

घर बन्धक र मानसिक तनाब :

कोरोनाको कहरले social distance र home stay संगै सबै जना आत्तिएर, बाक्क दिक्क भएर सामाजिक संजालमा गुनासो पोष्ट गरेको देखिन्छ !
जिवन निर्बाह कै लागि US सरकारले $१२०० प्रति ब्यक्ति र छोराछोरीको १७ बर्ष मुनिका लागि $५०० दिएकै छ ! स्टेटले बेरोजगार भत्ता वापत स्टेट हेरेर $४००-६०० दिने भनेकै छ ! Business को लागि सुबिधा दिए कै छ !

यसबाट के प्रमाणित हुन्छ भने :

1. हामीहरू आफ्नो घर परिबार भन्दा बाहिर नै रमाउछौ !
2. हिज हाम्रा बुबा आमा गाऊमा कसरी दिन बिताउथे भन्ने कुरा आज संझदै छ्यौ !
3. हामीहरू बाहिरको भौतिक संसारमा नै बढि रमाउछौ !
4. जिवनमा घर र परिबार भन्दा काम नै बढि महत्बपूर्ण रहेछ !
5. हामीहरूको बैबाहिक जिबन केवल बाध्यता वा देखावटी मात्र रहेछ ! किनकी अलग्ग रहदा नै बढि खुशी हुन्छौ ! संगै टिक्न सक्दैनौ !
6. घर परिबार भन्दा जिवनमा पैसा र भौतिक सुबिधा नै बढि महत्व रहेछ !
7. घर परिबार संग लामो समय संगै बिताउन सकिने रहेनछ !
8. ठुलो शहर र ठुला घरले प्रकृति संग लड्न सक्ने रहेनछ ! सुरक्षित ठाऊ भनेको गाऊ नै रहेछ !
9. आज बिदेश र शहर बस्ने हरेक लाई आफ्नै गाऊ, घर र बुबाआमाको याद आईरहेछ !
10. घरमा पनि धेरै साना कामहरू हुदो रहेछ र ब्यस्त हुन सकिने रहेछ !
11. तरकालि बजार जान, मिठो पकाउन र खान गुनासो गरे झै सजिलो काम रहेनछ !
12. जिवनमा साथीभाई र छिमिकेको ठुलो महत्व रहेछ !
13. ठुलो शहर र महल रोज्नेहरू आज सबै ठुलै संकटमा रहेछन !
14. गाऊमा बस्नेहरूको दैनिकिमा कोरोनाले प्रभाब पारेकै छैन ! घर, गोठ, दाउरा, घाॅस, बारि …! के को home stay, के को social distances, के को quarantine
15. हामी मानवहरू केवल आफ्नो मात्र स्बार्थ हेर्छ्यौ र निकै स्वार्थी छ्यौ !

शहरको घरमा थपक्क बसेर के को गनगन ? चुप्प लागेर परिबार संग हाशीखुशी घर बस्यौ ! कि त स्बास्थ्यकर्मिले झै सिधै कोरोना संग लड्न जाऔं !