मेरी-बास्सैका राइफले यमराजको भेषमा

बिजय थापा,
एक दशक अघि नेपाली चर्चित धारावाहिक टेलि श्रिखला मेरी बास्सैमा निकै चर्चित राईफले फेरी अहिले यमराज र बिर्खेको भुमिकामा प्रस्तुत भएका छन् ।

८८४८ पिक्चर्स का शंकर राज वाग्ले (एस.राज) यतिबेला Covid -19 को त्रासले विश्व नै आतंकित भईरहेको अवस्थामा यो रोगको संक्रमण हुन नदिनको लागी आवश्यक सचेतनाहरू अपनाउन अनुरोध गर्दै सबै दर्शकलाई हल्का मनोरंजनका साथै सन्देशमुलक भिंडियों लिएर आएका छन् ।

उनले एक दशक अघि नेपाली चर्चित धारावाहिक मेरी-बास्सैमा मात्र हैन कान्तिपुर टेलिभिजनको घरबेटी -बा टेलिश्रखलामा समेत प्रमुख भुमिकामा रहेर अभिनय गर्दै हाल अमेरिकाको क्यालिफोर्नियामा समेत आफ्नो टिम सहित बिभिन्न जल्दो बल्दो विषय हरुमा जनचेतनामुलक भिडियोहरु निर्माण/निर्देशन गर्दै आईरहेका छन् ।

यो भिडियो Covid-19 का कारण मृत्यु भएका हरु प्रति ब्यग्य नभई जस्ले स्थानीय सरकारले गरेको सावधानी लाई बेवास्ता गरेका छन् ति ब्यक्तिहरुलाई लक्षित गरिएको छ ।

यतिबेला सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजक र सतर्कता अपनाउनु नै हो यसलाई आत्मसात गरेर पालना गरौ, प्रस्तुत भिडियो रमाईलोको साथै घरभित्रै बसौ, भिडभाडमा नजाऔ र आफु बचेर अरुलाई पनि बचाऔ भन्ने सन्देश का साथ निर्माण गरिएको छ ।