कोरोना भाइरससंग लड्ने सबै भन्दा ठुलो औसधी जनचेतना, ईमान र आत्माबल रहेछ ।

जगन कार्की लन्डन,

कोरोना संक्रमण भएका आफन्त साथीहरु ३-४ जना संगको कुरकानीमा सबैले एकै खालको लक्षण खोकी , ज्वरो अनि झाडा-पखाला लागेको सुनाउनु भयो । ज्वरो नियन्त्रण गर्न सिटामोल खाएको स्वास फेर्न गारो हुँदा बेलायतको आकस्मिक सेवा नम्बर १११ डायल गरेको , फोन जवाबमा आवाज राम्रै आएको , होस् नगुमेको भन्दै घरमै क्वारेन्टायनमा बस्न भनिएको बताउनु भयो।

तातो झोल पिउने , तातो बाफ लिने र सिटामोल खाएर बस्ने अस्पतालको फोनको सल्लाह मानेर घरमा बसेर रोग निको पार्ने धेरै हुनुहुन्छ । अचम्म त वहाँ हरुलाई कोरोना लागे-नलागेको पनि यकिन छैन किनकि टेस्ट नै गरीएको छैन? यसरि हेर्दा बेलायतमा नेपालीहरु ४-५०० जनामा संक्रमण भएको तर टेस्ट नभएको र प्रमाणित नभएको देखियो । बेलायतमा हालसम्म २ लाख १० हज्जारको टेस्ट र ५१६०८ जनामा कोरोना प्रमाणित भएको छ । संक्रमण प्रमाणित नभई घरमा नै निको हुने धेरै देखिएका छन ।

बेलायतमा लक डाउनको आज १७ दिन हो । यहाँ हाल सम्म कोरोनाबाट ५३७३ जनाको ज्यान गएको छ । आइतवार मात्र एकै दिन ४३९ जनाको मृत्यु भएको ख़बर थियो । यो संख्या पनि अस्पतालमा मृत्यु हुनेहरूमात्र भनिएको छ । बिडंबना यो रोगबाट मृत्यु हुनेलाई संक्रमणको जोखिमले अफ़न्तले पनि छुन , दाहा संस्कार गर्न सम्म नपाउने पिडा छ ।

हामी अहिले सम्म सुरक्षित छौं । यहाँहरू पनि बाहिरबाट आएकालाई नभेटने , को कहाँ पुगेर कसलाई भेटेर आएको हुन्छ थाह हुन्न छिमेकमा पनि भिड नगर्ने , नभेटने , अत्यावस्यक परे सुरक्षित रहन २ मीटर दूरी क़ायम गरेर बोल्ने , दिनको ६-८ पटक साबुन पानीले हात धुने , हातले नाक मुख अनुहार नछुने , धेरैको हातमा घुम्ने पैसा संक्रमणको प्रमुख कारण बन्न सक्ला किनमेलमा पैसा छोएपछी हात धोऔ , बाहिर हुनेले बैंक कार्ड कंट्याकलेस प्रयोग गरौं !

बेलायतमा कसैलाई रुघाखोकि लागेपनि २ साता छुट्टै बस्न र अरुलाई सार्नबाट जोगिन भनिएको छ । हामी प्रेम भावनामा बगेर टासीन जाने चेब्रे पार्ने चलन छ ।संक्रमितलाई नछोई अल्लगै कोठामा राखेर पनि रेखदेख माया गर्न सकिन्छ (क्वारेण्टायन ) त्यही हो !

चेतना संग़ै ईमानदारीता र पवित्र भावनाको पनि अवस्यकता छ ।आफुलाई संक्रमण भयो भनेर प्रियजनलाई अरुलाई नसरोस , नहोस भन्ने भावना संक्रमित आफ़ैले मलाई यस्तो भाकोछ होस गर्न सहयोग चाहिए बचेर सहयोग गर्न भन्नु पर्ने देखिन्छ ।

यो महामारीको औसधी छैन , दुनियामा अहिले सम्म कुनै पनि भाईरसको औसधी छैन प्रतिरोध गर्ने क्षमता बिकासको खोप मात्र हो , भाईरसको असर कम गर्नलाई ज्वरो आए सिटामोल , खोकि र घाँटीमा नून , बेसार पानीले कुल्ला गर्ने , रुघा लागे बाफ लिने र संक्रमणसंग लडेर शरीरको रोग निरोधक क्षमताले त्यसलाई ज़ित्ने हो । औषधि आएर ठीकपार्ने हल्लाको पछड़ी नलागौ , नसोचौ !

यसको एकमात्र औसधी भनेको जनचेतना हो , आत्माबल हो , दैनिक क्रियाकलाप रहनसहनमा परिवर्तन हो र संक्रमणको संकेत देखिए सेल्फ़ क्वारेण्टायन हो भन्ने देखीको छ। नेपालमा पनि अनावस्यक व्यक्तिलाई टेस्ट गर्ने या संक्रमणको लक्षण देखीए टेस्ट गर्न जाने अस्पतालमा लाम लागेर अरुलाई पनि संक्रमित गर्ने गर्नु भन्दा आफै घरमा २ साता आइसोलेट भएर बस्ने गरे उत्तम हुने देखीयो ।

सीमित अस्पताल र टेस्ट सामाग्री, स्रोत साधनलाई अत्यावस्यक र सीरियस केसलाइ प्राथमिकतामा राखेर प्रभावकारी उपयोग गरे उत्तम हुने देखियो । टेस्ट मात्र गर्न धेरै दवाव नदीएको बेस होला ?

बिश्वभर लक डाउन छ मीडिया , सामाजिक संजाल प्रयोगकर्ता सबैको काम घरमा बसेर लास गन्ने छ । दैनिक त त्यसै पनि बिबिध कारणले मृत्यु त भई नै रहेको हुन्छ , यसर्थ मृत्यु मात्र गनेर भयभितहुने कामले अझ त्रसित मात्र बनाउने गर्छ ।

हरेक महीना मौसमी फ़्लूले मात्र २४१६६ जनाको मृत्यु हुने अरु सबै गरेर क़रीब डेढ़लाख मानिस प्रतिमहीना बिश्वभर कोरोना नहुदा पनि मृत्यु भईरहेको तथ्य बिश्व स्वास्थ्य संघको छ ।

सुरक्षित रहनु होला , आफु पनि बचौ अरुलाइ पनि बचाऊँ ।
शुभ दिन