भालुको आक्रमणबाट अर्घाखाँची शितगंगा ९ सिद्धारामा एकजना गम्भीर घाइते !

कमला घिमिरे सन्धिखर्क : भालुको आक्रमणबाट अर्घाखाँची शितगंगा ९ सिद्धारामा एकजना गम्भीर घाइते भएका छन् । सोमबार राती पौने ९ बजे खाना खाएर गोठमा गाईवस्तु हेर्न जाँदा गोठ छेउमै आएको भालुले आक्रमण गर्दा सिद्धारा छहरेका ५२ वर्षीय वीरबहादुर बिक घाइते भएका हुन् ।

भागेर आफ्नो ज्यान जोगाउन सफल भएको उनले बताएका छन्। देश लकडाउनका कारण गाडि नचलेपछि घाइतेलाई उपचार गर्न लैजान समस्या भएको छ। उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा पठाइएको इलाका प्रहरी कार्यालय सिद्धाराका प्रमुख प्रहरी सहायक निरिक्षक चुलाई चौधरीले बताए ।

बिकट क्षेत्र भएकाले मंगलबार बिहान ८ बजे मात्र प्रहरीले ‍खबर पाएपछि घटनास्थलमा पुगेर घाइतेलाई उपचारका लागि ठाडा पठाइएको चौधरीको भनाई छ ।