तिमीले साथ छोड्यौ भने यो जीवन अब साँच्दीन म : गीत – कल्पना पौडेल “जिज्ञासु” नवलपरासी

तिमीले साथ छोड्यौ भने यो जीवन अब साँच्दीन म
कोसिश गरि हेर प्रिय तिम्रो कसम बाँच्दीन म

हावामा उडाइदिन्छु देखेका ति सपना हरु
धुकधुकीमा तिमीनै छौ त्यो मुटुलाई के गरु?
अरु सँग रमाएर यो जीन्दगीमा हाँस्दीन म
कोसिश गरि हेर प्रिय तिम्रो कसम बाँच्दीन म

यती ठुलो संसारमा तिमी लाग्यो आफ्नो जस्तो
तिम्रो लागि अमुल्य यो प्राण पनि भयो सस्तो
कति साँचो माया गर्छौ भनि अब जाँच्दीन म
कोसिश गरि हेर प्रिय तिम्रो कसम बाँच्दीन म

कल्पना पौडेल “जिज्ञासु”
नवलपरासी
हाल = काठमान्डौ