राजधानी दिल्लीमा अलपत्र नेपालीहरु रोगले होइन भोकले मोर्ने अवस्था

भरत पौडेल

भारतमा अलपत्र परेका नेपालीहरको समस्या प्रति नेपाली दुताबास र नेपाल सरकार मुक दर्शक भएता पनि भारतमा पिडित नेपालीहरुका लागी संघ संस्था र समाज सेवीहरुले सहयोग अभियान चलाएका छन् ।

२२ मार्चको एकदिने जनता कर्फु लगत्यै भारत सरकारले घोषणा गरेको आइ पी सी १४४ अन्तर्गत भारतभरी कर्फु तथा लकडाउन लागाएको छ । यस कर्फुले गर्दा भारतमा दैनिक गरि खाने नेपालीहरु को बिजोग अवस्था भएको छ । राजधानी दिल्ली लगायत सम्पूर्ण राज्यमा होटेल, कारखाना, माल – मार्केट पूर्णरुपमा बन्द भएका छ । दैनिंक ज्याला गरि खानेहरुको काम-धन्धा चौपट भयो जसले गर्दा उनिहरु बीच नेपाल जाने बाह्येक अरुकुनै विकल्प रहेन । ज्याला मजदुरी गरिरहेको काम बन्द भयो साथै कोरोन भाइरसको त्रासले गर्दा ठुलो संख्यामा नेपालीहरु आफ्नै देश सुरक्षित सम्झेर एक्कासी नेपाल हिनेका थिए । तर एकदिनका लागि मात्र लागेको लकडाउन नसकिदै भारत सरकारले थप २१ दिन थप्दा बस, रेल सहित सम्पूर्ण यातायात पूर्णरुपमा ठप भयो । जसको परिणाम स्वरुप नेपालीहरु भारतको विभिन्न राज्यमा अलपत्र अवस्थामा फसिए ।

यस भयानक महामारी बिमारीको जानकारी र विश्वभरि नेपालीहरुको वर्तमान अवस्थाको सटिक जानकारी गराऊनै उद्श्यले डिसी नेपाल मिडियाले विश्वव्यापी स्तरमा दिन प्रतिदिन डिसी नेपाल कन्ट्री प्रतिनिधि मार्फत नेपालीहरुको अवस्था र समस्या बारे जानकारी गराउदै आएको छ । अहिले नेपाल र नेपाली रोगले भन्दा पनि कोरोनाको त्रासले भयभित भएका छन् । भारतको राजधानी दिल्लीमा मात्रै दुइ हजार भन्दा बडी नेपालीहरुको बिजोग अवस्था भएको जानकारी आएको छ । दिल्लीको विभिन्न वस्तीमा लुकी लुकी नेपालीहरु भोकै बस बाध्य भएका छन्

दिल्ली स्थित नेपाल दुताबासलाइ पिडितहरुले बारम्बार सम्पर्क गर्छन तर कुनै आशलाग्दो प्रतिक्रिया आउदैन । भारतमा रहेका पिडित नेपालहरुको सहयोग प्रति सरकारको चासो देखिएको छैन । तर प्रवासमा भएका संघ संस्था र समाजसेवीहरुले पिडितहरुलाई सहयोग गर्नका लागि मिडिया मार्फत आयको जानकारीको आधारमा धेरै संघ संस्थाहरुले पिडितहरुलाइ सहयोग हस्तान्तरण गरेका छन् ।

दिल्लीमा मुख्य बेङ्ग्लौरमा कार्यरत नेपालीहरु अलपत्र परका छन् । दिल्ली देखि बेङ्ग्लौरको दुरी दुइ हजार किलोमीटर छ र भारत सरकारले सबैलाइ लकडाउन गरेको छ तर पनि यस कठिन समयमा बेङ्ग्लौरमा सक्रिय संस्था सुदूरपश्चिम जनकल्याण समिति समाज नेपाल भारत ट्रष्ट द्वारा पिडितहरुलाइ दिल्लीको विभिन्न स्थानमा सहयोग दिरहेका छन्।

पिडितहरुलाइ अहिले प्राथमिक स्तरमा खाद्य पदार्थको आवश्यकता रहको छ र पिडित व्यक्तिको जानकारी आउना साथ संस्थाले उक्त स्थानमा रहेको किराना पसललाइ अनलाइन भुगतान गरि खाद्यन समान उपलब्द गराउदै आएका छन् । दुताबास मुक दर्शन रहेता पनि दिल्लीमा रहेका संघ संस्था एक्सन मोडमा देखिएका छन । नेपाल सुदूरपश्चिम युवा समाज भारतले पिडितकै स्थानमा गएर भौतिक सहयोग गरि रहेका छ । सहयोग अभियानमा प्रवासी मित्र मंचपनि सक्रिय देखिएको छ । समाजसेवी मार्फत सहयोग अभियान दिल्लीमा मात्रै सिमित नभएर सम्पूर्ण राज्यमा भएको देखिएको छ । मुम्बईमा प्रवीण सिंह बिक, बिरेन्द्र लामिछाने, पप्पु ददेलका साथै भारतीयहरुले पनि सहयोग गरि रहेका छन् । अन्तर्राष्ट्रिय नेपाली पत्रकारहरुको संजाल इन्जाको पनि यस समस्यामा ध्यान आकर्षण भएको छ । विभिन्न संघ संस्थाका साथ् सह-कार्य गरि पिडितहरुलाइ उनकै निवासमा खाद्यन सामग्री वितरण सुरु गरेको छ ।

यसै गरि राजनीति स्तरमा राजधानी दिल्लीमा पिडितहरुलाइ सहयोग गर्दै स्थायी समाधानका लागि युवा समाजसेवी तथा राजनीतिज्ञ सन्दीप राना र आर बी खड्का निरन्तररुपमा भारत सरकारका साथ सम्पर्कमा रहेका छन् ।