नेबिसंघ नेताको अगुवाइमा मलामिको नामको पास बनाई लकडाउनको उल्लंघन !

२०७६ चैत २२ गते,
आज बिहान सामाजिक संजालमा एकाएक पोखरा बाट अर्जुनचौपारी सम्म जान चाहानेहरुलाई पृथ्वीचोकबाट ११ बजे बस छुट्दै छ भनेर आरुचौर निवासी पोखरा बस्ने नेबिसङ केन्द्रिय सदस्य भरत पोख्रेलले, जिल्ला सदस्य नेबिसंघ स्याङ्जाका नेता प्रताप पौडेलको नाम र सम्पर्क नम्बर सहित पोस्ट गरेपछि कोरोना संक्रमीत ब्यक्तीहरु आउने हुन कि भनेर अर्जुनचौपारीमा हो हल्ला सुरु भएको थियो ।

स्याङ्जा जिल्ला भिरकोट गाउँपालिका नेपाली काग्रेसका नेता स्व. सुर्यप्रसाद रेग्मीको निधन ७ दिन पहिला भएको थियो तर नेपाली काङ्ग्रेसकै युवा नेताहरुले उहाँको निदनको खबरलाइ दुरुपयोग गर्दै मलामिको बाहाना पारी जिल्ला प्रसाशन कार्यलय कास्कीलाई झुटो ब्यहोरा दिइ पासको चरम दुरुपयोग गर्दै पोखराबाट आज दिउसो स्याङ्जा अर्जुनचौपारीका लागि गाडी न. ग १ ख ९२४७ प्रयोग गरि ३३ जना यात्रीहरु स्याङ्जा हेलु बयरघारी हुदै अर्जुनचौपारी पठाइएको थियो ।

साझ पख अर्जुनचौपारी तल्लो बजार आइपुग्दा उक्त बसलाइ अर्जुनचौपारी गा पा उपाध्यक्ष चीन माया गुरुङ र प्रहरीले रोकेको अवस्थामा गा पा अध्यक्षले छोड्न निर्देशन दिएपछी बसमा सवार १९ जनालाई छोडियो र बस नियन्त्रणमा लिइएको स्थानीयले जनाउछन ।
छोडिएका १ हुल मानिसहरु बजार हुँदै नभई दरौ खोलाको छेउछेउ हिडेको देखेपछि बजारमा हो हल्ला चल्न थाल्यो । जनप्रतिनिधिलाई दबाब शृजना हुन थालेपछी अध्यक्ष र उपाध्यक्ष आफै प्रहरी प्रसासनको सहयोगमा उक्त ब्यक्तिको खोजीमा जुट्न थाले । तर साझ परि सकेको र केही घर समेत पुगेको हुँदा सबैलाइ नियन्त्रणमा लिन सकेनन् ।
यो घटना भए लगत्तै सिङ्गो अर्जुनचौपारी गाउँपालिका बसिन्दाहरु त्रासित भएका छन ।

जनप्रतिनिधिको सकृयतामा उक्त बसमा सवार सबैको बिवरण तयार पारियो ।
१९ जना मध्य १६ जना घर नपुगेको अवस्थामा फेला परि वार्ड नम्बर ४ स्थित जन बिकास मा बि मा राख्ने प्रबन्ध मिलाइएको कुरा वार्ड अध्यक्ष जित मया चापागाईंले जनाउनु भयो ।
सबैलाई भोलि देखि क्वारेन्टाइनमा राखिने ।