फलफूल, तरकारी तथा ग्यास सिलिन्डरलाई कसरी सुरक्षित बनाउने ? : डा. रवीन्द्र पाण्डे

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक वालमा जनचेतनामुलक संदेश दिनु भएको छ :
– हातमा पंजा लगाएर सुरक्षितरूपमा ग्यास ल्याउने | उक्त ग्यासलाई घरबाहिर साबुनपानीले सफा गर्ने | त्यसपछि ओभानो गरेर स्प्रिट वा डेटोल पानीले सफा गर्ने | अनि आधा घण्टा घाममा राखेर घरभित्र ल्याउने | हात राम्रोसंग धुने |

– दाल, चामल लगायतका सामान ल्याएपछि सबैभन्दा बाहिरको प्याकिंग निकाल्ने | त्यसलाई नष्ट गर्ने | ती बोरा वा झोलालाई आधा घण्टा घाममा राख्ने |
– तरकारी तथा फलफुल ल्याएको प्लास्टिकको झोला नष्ट गर्ने, आफुले साबुनपानीले हात धुने | तराकारी तथा फलफुललाई २० मिनेटदेखि आधा घण्टा सम्म घाममा राख्ने | त्यसपछि बांटामा राख्ने | बाँटामा मनतातो पानी राख्ने | त्यसमा खाने सोडा वा नुन वा कागतीको रस वा भिनेगार राख्ने | तरकारी, फलफुल सफा गर्ने Vaggy wash भए झन् राम्रो | आधा घण्टापछि धारोको पानीमा ( Running Water ) मिचिमिची सफा गर्ने | अनि सुक्खा राख्ने | यसरी प्रयोग गर्दा सुरक्षित हुन्छ | खानेकुरामा शरीरलाई हानि गर्ने केमिकल मिसाउनु हुँदैन | यो बाहेक क्लोरिन पानी / पियुषको केहि थोपा राखेर सफा गर्न पनि सकिन्छ |

– प्याकेट, बोरा, झोलालाई स्यानिटाइजर वा ब्लीच पानीले पनि सफा गर्न सकिन्छ | केहि विज्ञको मत यो छ कि मनतातो पानीले राम्रोसंग सफा गरेब्लीच मिसाउनु पर्दैन भनेका छन् भने केहि विज्ञले चिसोपानिले राम्रोसंग धोए पनि हुने बताएका छन् | यो आफ्नो आफ्नो ठाउँको अभ्यासमा भर पर्दछ |
– आलु, स्याउ, गाजर लगायत कडा सतह भएका फलफुल तथा तरकारीलाई चिसो पानीमा राखेर भेजिटेबल ब्रस वा नरम ब्रसले सफा गर्न सकिन्छ भने गोलभेंडा, च्याउ आदिलाई पानीमा डुबाएर हातले बिस्तारै सफा गर्न सकिन्छ | अझ सुरक्षित हुनको लागि बेकिंग सोडा राखेर सफा गर्न सकिन्छ |
– फलफुल तथा तरकारीलाई काट्नु अघिं राम्रोसंग धुनु जरुरी छ |

– सकभर बोक्रा ताछेर खानु सुरक्षित हुन्छ | त्यस्तै बन्दा, प्याज, काउली आदिको बाहिरको पत्र निकालेर खानु बढी सुरक्षित हुन्छ |
– खानेकुरा सफा गर्ने, काट्ने तथा पकाउने मान्छे सफा तथा निरोगी हुनुपर्दछ | रुघाखोकी तथा ज्वरो आएको व्यक्तिले भान्साको काम गर्नुहुँदैन |
– तरकारी, फलफुल तथा अन्य खानेकुरा सफा गर्दा यसलाई ठूलो रुपमा गम्भीर हुनु जरुरी छैन | माथि उल्लेख गरेका उपायमध्ये आफुसंग उपलब्ध बिधि अपनाउने हो | सबैभन्दा उपयुक्त बिधि भनेको पटक पटक हात धुने हो | सरसफाईमा ध्यान दिने हो |