दुई हप्ता अस्पतालमा कोरोनासंग लडेर निको भएका विष्णुले विश्व भरि यस्तो संदेश दिए !

यतिबेला विश्व कोरोना भाइरस महामारीसग लडी रहेको अवस्था छ । यसै बिच स्पेनमा कोरोना भाइरससंग दुई हप्ता अस्पतालमा लडिरहेका बिस्नु रिजाल आफू निको भएर घर फर्केको जानकारी आफ्नो फेसबुकबाट मार्फत जानकारी गराएका छन् ।

उनको स्टाटस जस्ता को तस्तै :

म ठीक छु । सवैको कुशलताको कामना गर्दै सवै सजक रहनुहोला हार्दिक अनुरोध छ । जीवन को जन्म पच्चात मृत्यु सास्वत सत्य हो । तर त्यो सत्यको विरोघमा हामी संघर्षसिल रहीरहन्छौ । सायद यही नै जिवनप्रति को मोह हो । मेरो२ हप्ताको कस्टकर अस्पताल वसाई पछी आज घर फर्के । सतप्रतिसत ठीक भै । समस्त स्पेन वासी /युरोप वासी नेपाली जस्ले मेरो सिध्र स्वास्थय लाभको अनुनय विनय गरीरहनु भयो उहाहरु प्रति हार्दिक नमन हार्दिक कृतज्ञता । हजुरहरूकै मायाले मलाई पुनजिवन प्राप्त भएको छ मित्रजनजन ,सुभचिन्तक सवैलाई नमन । मेरो परिवार लाई हौसला दिनुहुने नेपाली दुतावास , मेरा मित्रजनहरु , अग्रजहरुमा ,सवैमा कृतज्ञता । – नआत्तिएर मनोवल उच्च राख्नुहोलात्यही मनोवल ले तपाईलाई जिताउनेछ – कुनैपनि सावधानी मा सम्झौता नगर्नुहोला ।

– रोग लाग्यो भनेर तुच्छ भावमा नरहनुहोला । यस्लाई आकस्मिक सपना सम्झी मानसिक रूप मा आफ्नो विजयपथ तीर मुस्किल को सामना गर्न डट्नु होला । किनकी हिनताले रोग प्रतिरोध क्षमता लाई कमजोर वनाउछ । – स्पेन