कोराना भाईरस भन्दै कुद्नु भन्दा यसो बुझ्ने र बुझाउने गरौ काम लाग्नेछ!

रमा वली,
गुगलले मानिसको चहलपहल हुने क्षेत्रलाई विभिन्न छपहातमा वर्गीकरण गरी अध्ययन गरेको जानकारी गराउदछु जसमा मनोरञ्जन गोर्रोरेसी फार्मेसी पार्क सार्वजनिक यातायात कार्य क्षेत्र आगस रहेका छन अध्ययनको अनुसार नेपालको हालको अवस्थालाई निहालने हो भने सरकारले जनतालाई अत्ती आवस्यक काम बाहेक घरबाहिर ननिस्किन आग्रह गरेको छ तर गाउँ ठाउँका मानिसमा भने जनचेतनामा कमी देखिन्छ।

_लकडाउन लागु गरेको आज शनिबार 13 दिन पुगेको छ नेपालमा हालसम्म 9 जनामा कोरोना देखिएपनि यसको कारण ज्यान गुमाउनेको संख्या भने 0 छ नेपालमा पहिलो पटक जनवरी 23 तारिख कोरोनाका बिरामी भेटिएका थिए जो निको भएर घर फर्किए गुगलका अनुसार नेपालमा रेष्टुरेन्ट क्याफे सपिङ्ग सेन्टर म्युजियम फिलिम हल लगायतका ठाउँमा मानिसको चहलपहल 78% प्रतिशतले घटेको छ यस्तै दैनिक जिवनमा आवस्यक खाद्यान्न सामाग्री किनबेच हुने ठाउँमा मानिसको चहलपहल 69% प्रतिशतले कम भएको छ राष्टिय निकुञ्ज लगायतका क्षेत्रमा चहलपहल 55% प्रतिशतले कम भयको छ त्यस्तै सार्बजनिक यातायातमा मानिसको चहलपहल ह्वात्तै घटेको छ

विस्व स्वास्थ्य संगठन WHO ले भनेको छ कि कोरोना अर्थात् COVID-19 विरूद्ध लड्न सामाजिक दुरीकायम गर अर्थात् मानिस बिचको भेटघाट बन्द गर यही सुझावलाई आत्मासाथ गर्दै विस्वका अधिकांश देशहरु लकडाउनमा छन विस्वका चार अर्ब भन्दा बढी मानिसलाई अहिले प्रत्येक देशका सरकारले आफ्ना नागरिकलाई घरबाट बाहिर निस्कन अनुमति दिएका छैनन् भने दैनिक अतिआवश्यक काम परेका मानिसलाई घरबाहिर निस्किन पाउने सम्बन्धित देशका सरकारले अनुमति दिएका छन आवस्यक काम परेको खन्डमा घरबाट बाहिर जाँदा स्यानिटाईजर बेलाबेलामा हातमा तेल प्रयोग गरे जसरी प्रयोग गरौ मास्कले अनिबार्य रुपमा मुख छोपौ काम सकेर लटरपटर नगरि घर फर्कने गरौ।

_ईन्टरनेट सर्च ईन्जिन गुगलले प्रत्येक देशका नक्शाको अध्ययन गरेर कोरोना प्रभाबित देशहरूमा मानिसको चहलपहलमा अर्थात् सामाजिक दुरीको जानकारी सार्वजनिक गरेको छ यो अतिनै खुशीको खबर पनि हो गुगलको अध्ययन अनुसार कोरोना देखि सतर्कता बारे नेपालले विश्वको नजर परेको देश अमेरिकालाई पछाडि पारेको छ अमेरिका का नागरिकले भन्दा नेपाली नागरिकले सामाजिक दुरी र सरकारको लकडाउन नियम बढी सतर्कताका साथ पालना गरेका छौं हामी आम जनताले कोरोना भाईरस विरूद्ध लड्न हामीले दाल चामल आदि खाद्यान्न कम खाएँ खाद्यान्न किन्ने हामीसबैको मार्केटमा चहलपहल ह्वात्तै घट्ने छ बन्द हुनेछ मानिसको चहलपहल भएनभने कोरोना भाईरस नियन्त्रण गर्ने धेरै लामो समय लाग्ने छैन सरकारले भन्दा जनताले यतिबेला कोरोना बिरूद्ध लड्न घरबाहिर नजाने र भिडभाड जम्मा नगर्ने जस्ता सामाजिक दुरीकायम गरि लु असल नागरिकको दायित्व पूरा गरौं।