डर नमानौं, संक्रमित अझै धेरै पत्ता लाग्ने छन् :

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक वालमा जनचेतनामुलक संदेश दिनु भएको छ :

आज थप ३ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ | साथै बाहिरबाट आएको व्यक्तिबाट स्थानीयलाई सरेको हुँदा नेपाल कोभिड-१९ को दोस्रो चरणमा पुगेको छ |

परीक्षणको दायरा बढाएकोले यो पत्ता लागेको हो | पत्ता लाग्नु राम्रो कुरा हो | यो परिणामको कारण परिक्षणको दायरा अझै बढ्नेछ | जति व्यक्तिमा कोरोना संक्रमण छ, त्यो सबै पत्ता लागेमा रोग नियन्त्रण झनै प्रभावकारी हुनेछ | तसर्थ हामीले चिन्ता लिनु जरुरी छैन |

हामीसंगै १ व्यक्ति संक्रमित देखिएका पाकिस्तानमा २७०८ जना संक्रमित भएका छन् भने ४१ जनाको मृत्यु भइसकेको छ | अफगानिस्तानमा २९९ संक्रमित भएका छन् भने ७ जनाको मृत्यु भइसकेको छ | श्रीलंका र नेपालमा लामो समय १ जना संक्रमित भएर ग्रिन जोनमा थिए | अहिले श्रीलंकामा १५९ जना संक्रमित छन् भने ५ जनाको मृत्यु भइसकेको छ | नेपालमा १ जना संक्रमित हुँदा बंगलादेशमा शुन्य संक्रमण थियो | अहिले बंगलादेशमा ७० जना संक्रमित भएका छन् भने ८ जनाको मृत्यु भइसकेको छ | लामो समयसम शुन्य भएको म्यान्मारमा अहिले २० जना संक्रमित छन् भने १ जनाको मृत्यु भइसकेको छ | त्यस्तै माल्दिभ्समा १९ जना संक्रमित छन् | हामीभन्दा थोरै अघिं रहेको भारतमा ३०८२ जना संक्रमित भएका छन् भने ८६ जनाको मृत्यु भइसकेको छ | एकजना अम्रिकन संक्रमित हुनेबित्तिकै सम्पूर्ण उडान रद्द तथा सिमा बन्द गरेको भुटानमा ५ जना संक्रमित छन् | त्यस्तै हामीभन्दा पछि संक्रमित अफ्रिकन देशहरुमा संक्रमित तथा मृतकको संख्या धेरै पुगेको छ | युरोप, अमेरिका, क्यानडा, इरान, चीन, जापान, कोरिया लगायत देशमा संक्रमित र मृतक अधिक हुँदा पनि हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवन सुरक्षित रुपमा चलिरहेको छ |
..
हामी किन डराउने ? किन चिन्तित हुने ? हामी घरभित्र बसेका छौं, हात धोइरहेका छौं, बच्ने तरिका बुझेका छौं भने हामीलाई कोरोना भाइरस सर्दैन | कोरोना हामीलाई खोज्दै घरभित्र आउने हैन | हामी नै खोज्दै भीडमा जाने हो | तसर्थ सतर्क रहौं, डर बिल्कुल नमानौं | अर्को कुरा संक्रमण हुँदैमा मृत्यु हुने पनि होइन | अहिले कोरोना संक्रमणको मृत्युदर २ % पनि छैन |