इन्द्रेणीका कृष्ण कंडेलको युटुब चलाउनेहरुलाई प्रहार:खालि नराम्रोको पछाडी लागेर समाजमा बिकृति फैल्याए

समाजमा यसरी लागेको कालो पर्दालाई हटाउनका निमित्त बिश्वमा चर्चित कार्यक्रम एबिसी इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले अतुलनिय भुमिका निभाउनु भएको छ । उज्यालो नेपाल समृद्धीका लागी साँकृतिक अभियानका साथ अघि बढेको लोकप्रिय कार्यक्रम एबिसी इन्द्रणीे पुराना सर्जकको सम्मान र नँया प्रतिभाको खोजिमा अघि बढेको छ ।

संस्कृती सभ्यताको जननी हो भन्ने मुल नाराको साथ अघि बढेको एबिसी इन्दे्रणीले पनि लोक सँस्कृतीको माध्यमबाट देशको संस्कृती र सभ्यतालाइ बचाइराखेको कुरा बिश्वभरी अवगत नै छ । प्रशिद्ध कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कंडेलले सो कार्यक्रम सञ्चालन गर्दै आउनु भएको छ । बिगत दश बर्ष देखी सञ्चालन हुँदै आएको सो कार्यक्रको माध्यम बाट दुखि गरीब तथा रोगले पिल्सीएका जनताले साहारा पाउँदै आएका छन् ।

इन्द्रेणीका सञ्चालक कृष्ण कंडेल दुरदराज बस्ती बस्तीमा लुकेर रहेका ति चपेटामा परेका आवाजलाई बुलन्ध पारेर न्याय दिने काम गर्नुभएको छ । समाजमा हुने संस्कार,संस्कृति बिरोधि आवाको बिरुद्धमा आवाज उठाउने त्यस्ता प्रकारका खराख तत्वहरुलाई जरैबाट उन्मुलन गर्नुमा उहाँको निकै ठुलो भुमिका भएको पाइन्छ । समाज रुपान्तरण भन्नाले समाजमा रहेका खराब तत्वहरुलाइ उन्मुलन गर्नु नै समाज रुपान्तरण हो । कृष्ण कंडेल कलाकार मात्र नभई समाजिक व्याक्तीत्व पनि हुनुहुन्छ । उहाँले नपालमा भैपरी आउने दैबिक प्रकोपमा परेका नागरिकको उद्धार गर्दै आउनुभएको छ ।हेरौ यो बिशेष भिडियो कुराकानी :