तपाईं कोरोना संक्रमणबाट डराउनु पर्दैन यदि ; डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक वालमा जनचेतनामुलक संदेश दिनु भएको छ :

तपाईं कोरोना संक्रमणबाट डराउनु पर्दैन यदि ;

– तपाईं घरभित्र नै बस्नुभएको छ भने |
– तपाइंले पसल वा अनलाइनबाट ल्याएका सामान निस्संक्रमण गरेर तथा राम्रोसंग पकाएर खानुहुन्छ भने |
– तपाइंले बासी खाना, बाहिरको खाना, अत्यधिक रक्सि तथा चुरोट सेवन गर्नुभएको छैन भने |
– तपाईं बालबालिका तथा जवान व्यक्ति हुनुहुन्छ भने |

– तपाइंलाईले औषधि सेवन गरेर रक्तचाप, मधुमेह, कोलेस्टेरोल, युरिक एसिड जस्ता दीर्घ समस्या नियन्त्रणमा राख्नुभएको छ भने |
– तपाईं पर्याप्त सुत्ने, नियमित २० मिनेट ब्यायाम गर्ने, ताजा तरकारी / फलफुल लगायत पोषिलो खाने, धेरै चिन्ता नगर्ने, गहिरो स्वाश्प्रश्वास लिने, योग तथा मनोरंजन गर्ने लगायतको जीवनशैली अपनाउनुभएको छ भने |
– तपाइंले आफ्नो खानामा कुरिलो, अदुवा, मह, कालो जामुन, जैतुनको तेल, तुलसी, बांबरी, लसुन, च्याउ, खरबुजा, गहुँका जमरा, दही, पालुंगो, ग्रिन टि, सख्खरखण्ड, ब्रोकाउली, हरियो लसुनको सुप, अनार, बन्दगोभी, खुर्सानी, नरिबल तथा नरिबलको तेल, ऐंसेलु, सुन्तला, कागती, अमला, स्याउ, हलेदो, बेसार, डार्क चकलेट, सूर्यमुखी फूलका बियाँ, बदाम, किवी, स्ट्रबेरी, अकबरी खुर्सानी, केराउ,अण्डा, मरिच, सुप आदिलाई आफ्नो खानामा प्राथमिकता दिनुभएको छ भने |

– तपाइंले घरबाहिर सामाजिक दुरी कायम गर्नुभएको छ भने |
– तपाइंले दैनिक नुहाउने, घाममा बस्ने, घाममा सुकाएर कपडा लगाउने, हात सधै सफा राख्ने, नाक/मुख/आँखामा हात नलग्ने लगायत सरसफाईको अभ्यास गर्नुभएको छ भने |
– तपाइंलाई रुघाखोकी लाग्ने, घांटी खसखस गर्ने भएपनि उच्च ज्वरो आएको छैन, सुख्खा र लहरे खोकी लागेको छैन तथा सास फेर्दा घ्यारघ्यार भएको छैन भने |
– तपाइं इल्डर होम, सरुवा रोग अस्पताल तथा धार्मिक समुहमा बस्नुभएको छैन भने |
– तपाईं पानीसंग धेरै खेल्नुहुन्छ भने |

– तपाईं बाहिर निस्कँदा सुरक्षित मास्क, चस्मा, पंजा तथा फूल स्लिभ लगाउने तथा घरबाहिर ती कपडा नष्ट गर्ने / फेर्ने गर्नुभएको छ भने |
– तपाइँ सार्वजनिक यातायात प्रयोग गर्नुहुँदैन भने |
– तपाईं कोरोना संक्रमितको असुरक्षित ढंगले उपचार गर्ने स्वास्थ्यकर्मी हुन्हुन्न्न भने |
– तपाइंले भिटामिन सि, बि ६, बि १२, इ, जिंक, फिस आयल, भिटामिन डी, लगायतका सप्लिमेन्ट नियमित सेवन गर्नुभएको छ भने |
– तपाइंले सुपर हर्ब जस्तै : यार्शागुम्बा, तुलसी चिया ( तुलसी, गुर्जो, लेमन ग्रास मिसिएको ), ganoderma, Moringa, Zinkobiloba, Ginseng लगायत नियनित सेवन गर्नुभएको छ भने | ( आजबाट यी मध्ये २-३ बटा सुरु गर्नुहोला |)
– तपाइंले नचिनेको खाना, काँचो मासु खानु हुँदैन भने |
– तपाइंले नेपाली परम्परागत मसला तथा खानाको सेवन गर्ने गर्नुभएको छ भने | आदि ||
………
डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य बिशेषज्ञ