आज ३ जनामा कोरोना संक्रमण पुष्टि । डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक वालमा जनचेतनामुलक संदेश दिनु भएको छ :

पहिलो पटक वाहिरबाट विरामीको सम्पर्कमा आएका स्थानीय संक्रमित।
नेपाल दोस्रो स्टेजमा प्रवेश। सतर्क बनौं, डर नमानौं।

कैलालीमा भेटिएका कोरोना संक्रमित २१ वर्षीय युवक सरकारले कोरोना भाईरसको संक्रमण फैलिन नदिन चैत १० गतेदेखि लकडाउन र सीमा नाका बन्द गरेपछि भारतबाट फर्किएको खुलेको छ। चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टामा सरकार विरुद्ध नाराबाजी र सुरक्षाकर्मीमाथि समेत ढुङ्गामुढा गर्न उत्रिएको ९ सय ९९ जनाको भीडमा उनी पनि सहभागी रहेको पाईएको छ।

मन्त्रीपरिषद् बैठकको निर्णयपछि सीमामा रोकिएका सबैजनालाई प्रहरीले गाडीको व्यवस्था गरी विभिन्न ठाउँ पठाएका यात्रुहरुमा उनी पनि थिए। ११ गते साँझ नै लम्की पुगेका उनलाई १२ गते बिहान घरबाटै क्वारेन्टाईनमा ल्याईएको थियो। उनको आज रिर्पोट पोजेटिभ आएपछि एम्बुलेन्स मार्फत सेती प्रादेशिक अस्पताल पुगाईएको छ। तर गौरीफन्टा नाकाबाट ती युवकसँगै फर्किएका ९ सय ९९ जना मध्ये अधिकांश घर फर्किसकेका छन् भने धेरै कममात्र अनिवार्य क्वारेन्टाईनमा बसेका छ।
.
सरकारले सुरक्षाकर्मी लगाएर अन्य व्यक्तिलाई खोज्ने , परीक्षण गर्ने तथा आइसोलेसनमा राख्ने काम तुरुन्त गरोस् |