लकडाउनको अवधिमा रगतको अभाव हुन नदिन मानव अधिकार तथा शान्ति समाजको आयोजनामा: ४५ जनाद्धारा रक्तदान

प्रेस विज्ञप्ति : ४५ जनाद्धारा रक्तदान
लकडाउनको अवधिमा रगतको अभाव हुन नदिन मानव अधिकार तथा शान्ति समाजको आयोजनामा चैत २२ गते बिहान काठमाण्डौमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

गुह्ेश्वरी वाग्मती किनारमा अवस्थित खुला चौर (असहाय बाच्छाबाच्छी संरक्षण स्थल)मा सम्पन्न रक्तदान कार्यक्रमा गोकर्णमणी पुडासैनी, हरिभक्त पुडासैनी, परशुराम पुडासैनी, आत्मराम पुडासैनी, राजेन्द्र खनाल, विनोद पुडासैनी, रवि मानन्धर, गणेश हुमागाई, प्रकाश पुडासैनी, नरेश पुडासैनी, रामशरण भारती, राकेश बोहरा, ज्योती पुडासैनी, धनलाल कँडेल, कुमार पुडासैनी, पुष्कर पुडासैनी, बद्री पुडासैनी, बाबुराम बस्नेत, नारायण बहादुर सुवेदी, दिपक पुडासैनी, विवेक पुडासैनी, प्रणव पुडासैनी, रितेश पौड्याल, विजय लामा, असितमान श्रेष्ठ, रामहरी सापकोटा, अजिप लामा, सोनाम तामाङ, सन्ध्या पुडासैनी, मनिष पुडासैनी, साहिल पुडासैनी, इमान लामा, सिता घलान, दुर्गा राना, श्रीकृष्ण पुडासैनी, सरु पुडासैनी, सोमन पुडासैनी, सुरज लामा, कृष्णप्रसाद फुयाल, रुपेश पुडासैनी, नारायण पुडासैनी, रोज विष्ट, रामचन्द्र दंगाल, संजीत कार्की र सुमना गिरी सहित ४५ जनाले रक्तदान गर्नुभएको थियो ।

सुरक्षाका मापदण्डहरु अवलम्वन गर्दै सतर्कताका साथ सम्पन्न रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सभापति उत्तम पुडासैनीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । त्यस दौरान गोकर्णेश्वर नगरपालीकाका मेयर सन्तोष चालीसे, उपमेयर शान्ति नेपाल, कागेश्वरी मनोहराका मेयर कृष्णहरी थापासहित जनप्रतिनिधिहरुको समेत सहभागिता थियो ।

यसैगरी शान्ति समाज रुपन्देही शाखाले चैत २१ गते वुटवलस्थित सुकुम्बासी बस्तिका विपन्त परिवारलाई रु. ५० हजारको खाद्यान्नसहित राहत सामग्री प्रदान गरेको थियो भने त्यस अघि चैत १० गते बुटवलमा तीन सय वटा मास्क वितरण गरेको थियो ।
समाजका तर्फबाट
सरिता पौडेल
कार्यक्रम अधिकृत
मानव अधिकार तथा शान्ति समाज
मिति २०७६ चैत २२ गते

मानव अधिकार तथा शान्ति समाजबारेः
मानव अधिकार, शान्ति, लोकतन्त्र र अहिंसाका लागि कार्य गर्ने उद्देश्यले २०५३ जेठ १९ गते स्थापित मानव अधिकार तथा शान्ति समाज[ Human Rights and Peace Society Nepal] एक स्वयंसेवी संस्था हो र यसको संस्थापक सभापति कृष्ण पहाडी [Founder Chair Krishna Pahadi] हुनुहुन्छ । २०६२÷६३ को ऐतिहासिक जनआन्दोलनको पृष्ठभूमिमा र लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ महत्वपूर्ण योगदान गरेको मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरकार, दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रिय गैर सरकारी संस्था बाट आर्थिक सहयोग ग्रहण गर्दैन । निर्धारित समयमै कार्यक्रम शुरु गर्ने परिपाटी बसालेको (समय आन्दोलन) मानव अधिकार तथा शान्ति समाजले विगत एक दशकदेखि जलबायु परिवर्तन र विश्वव्यापी उष्णता र त्यसबाट परेको प्रभावबारे सचेतना अभियान र मासिक शान्ति काव्य प्रवाह समेत सञ्चालन गर्दै आएको छ भने २०७२ सालदेखि राहत अभियानमा पनि योगदान गर्दै आएको छ ।

Phone : 977-1-4420712, Fax 977-1-4420369,
Email:hurpes@gmail.com