भर्खर भारतीय प्रम नरेन्द मोदीले देशबासीको नाममा दिएको सम्बोधन सुनें !

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ आफ्नो फेसबुक वालमा जनचेतनामुलक संदेश दिनु भएको छ :

भर्खर भारतीय प्रम नरेन्द मोदीले देशबासीको नाममा दिएको सम्बोधन सुनें | पहिले उनले जनता कर्फ्यु लागु गरे | आगामी आइतबार राति ९ मिनेटसम्म बिद्युत अफ गरेर दियो, मैनबत्ती, टर्च लाइट आदि बालेर जनतालाई कौसी, छत वा आँगनमा उभिन आह्वान गरे, सामाजिक दुरी सहित | उनले १३० करोड जनता एकसाथ रहेको र सबै मिलेर यो महाबिपद जित्ने उद्घोष गरे | उनले दैनिक जसो सम्बोधन, बिभिन्न पेशा तथा बर्गका व्यक्तिसंग लाइभ अन्तरक्रिया गरिरहेका हुन्छन् | चीनका राष्ट्रपतिको २ महिने रणनीतिले कोरोना जित्यो | इटालीका प्रम जनतासंग रोइरहेका छन् | हरेक देशका प्रम/ राष्ट्रपतिले दैनिक ‘ आस्क मि क्वेस्सन ‘ भनिरहेकाछन् | जनता र स्वास्थ्यकर्मीसंग काँधमा काँध मिलाइरहेका छन् |

यस्ता सम्बोधन र सांकेतिक कार्यक्रमले जनताको आत्मबल बढ्छ | यी कार्यक्रम सामान्य देखिएपनि जनचेतनाको लागि ठूलो अर्थ राख्छन | संकटको बेलाको अभिभावक नै राष्ट्रनायक हुन्छ |
हामीले बिदेशका राष्ट्राध्यक्ष वा प्रधानमन्त्रीको मात्र सम्बोधन कहिलेसम्म सुनिरहने ?

संकटमा एउटा शक्तिको उदय हुन्छ | यो कसैले पनि नबिर्सौं | दिनको २० घण्टा खट्ने समयको महत्व बुझौं | महाबिपदमा काम नगर्ने / भ्रष्टाचार गर्नेलाई फायर र निस्वार्थ काम गर्नेलाई हायर गरौँ |

सरकार ! हामी एक पैसा तलबभत्ता बिना कोरोना नियन्त्रणको लागि समर्पित हुन चाहान्छौं | हाम्रो भिजन राष्ट्रले सदुपयोग गरोस् |