डर मान्नुपर्दैन – यसरी फड्को मार्दैछ, कोरोना संक्रमण नियन्त्रणले : डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ,

– कोरोना संक्रमणको मृत्यु दर ३.५ % बाट घटेर १.४ % मा घटेको छ | यो प्रतिशत कम उमेर भएकामा नगन्य मात्र छ | होम क्वारेन्टाइन, आइसोलेसन र उपचारको कारण यो सम्भब भएको हो | जब कि ०.१ % मृत्यु दर सामान्य रुघाखोकीमा पनि छ |

– चीन, अमेरिका, इजरायल, सिंगापुर, नेदरल्याण्ड, क्यानडा लगायतका देशमा कोरोना संक्रमण बिरुद्धको खोप सफल परिक्षण भइरहेको छ |
– सम्झनुहोस त, हामी मध्ये धेरैजनालाई जनवरी, फेब्रुवरीमा कडा खालको रुघाखोकी लागेको थियो | त्यो बेला टेस्ट थिएन | हामीहरु आराम गरेर, सिटामोल खाएर तथा आराम गरेर निको भएका थियौं | त्यो कोरोना संक्रमण हुनसक्छ | एकपटक संक्रमण भएपछि १ बर्ष दोहोरिदैन | कारणबस भएपनि त्यसले हानि गर्न सक्दैन |
– कोरोना संक्रमणले ८५ % लाई सामान्य लक्षण देखाएर निको हुने, ८ % लाई आइसोलेसन तथा सामान्य उपचार पछि निको हुने, ३ % लाई लाइफ सपोर्ट चाहिने र मृत्युदर निकै कम भएकोले संक्रमण भएपनि आत्तिनु जरुरि छैन |

– विश्वका अधिकांश देशमा कोरोना संक्रमणको ग्राफ फ्ल्याट हुँदै गएको छ | अर्थात संक्रमण स्थिर भइरहेको छ |
– प्रकोपको इपिसेन्टर चीनमा अस्थायी कोरोना अस्पताल बन्द भए, जनजीवन सुचारु भयो | भारतले धेरै प्रकारका औषधिले सफल उपचार गरिरहेको छ |
– लक डाउनको कारण बायु प्रदुषणमा कमी आएको हुँदा सिकिस्त हुने बिरामीको संख्या घटेको वाशिंगटन पोस्टले जनाएको छ |
– कोरोना भाइरसले हाम्रो इम्युन सिस्टममा कसरी असर गर्छ भन्ने अष्ट्रेलियाका बैज्ञानिकले पत्ता लगाएका छन् | यो अधययनले औषधि तथा खोप निर्माणमा ठूलो उपलब्धि हासिल गरेको छ |
– कोरोना संक्रमण भएपछि लक्षण देखिन, बिकास हुन, गम्भीर चरणमा पुग्न तथा सिकिस्त हुन ४-६ हप्ता लाग्दछ | यो समयमा संसारले उपचारमा ठूलो फड्को मार्नेछ |
– कोरोना संक्रमण सर्ने तथा यसले असर गर्ने कुरा व्यक्तिको नियन्त्रणमा रहने भएकोले यसको ग्राफ निकै झर्दैछ | घरमा बस्ने, पोषिलो खाना खाने, व्यायाम गर्ने, घरमा बनाएको ताजा खाना खाने, घरमा बस्दा अल्कोहल तथा चुरोट कम खाने एबम रोग प्रतिरोधात्मक क्षमता बढाउने भिटामिनहरुको प्रयोग बढेकोले कोरोनाको असर घट्दै गएको छ |
– हरेक देशले आइसोलेसन बेड, आइसीयुको क्षमता, भेन्टिलेटरको संख्या, PPE लगायतको क्षमता बढाएकोले उपचारको गुणस्तर बढेको छ | त्यस्तै स्वास्थ्यकर्मीको अनुभवले क्षति घट्दै गएको छ |

– शक्ति राष्ट्रहरुले बायोलोगिकल हतियारलाई न्युट्रल गर्ने आफ्ना लुकाइएका खजाना खोल्दैछन | यसले गर्दा अमेरिका लगायतका शक्ति राष्ट्रमा कोरोना संक्रमण रोकथाम तथा उपचारमा उल्लेख्य प्रगति हुनेछ |
– कोरोना संक्रमणसंग लड्न बहुराष्ट्रको एकता बढ्दै गएकोले कुनै पनि राष्ट्र एक्लो हुने स्थिति छैन |

– कोरोना भाइरस सतहमा ६५ % अल्कोहल, ०.५ % हाइड्रोजन पेरोक्साइड अथवा ०.१ % ब्लीच अर्थात सोडियम हाइपोक्लोराइडले १ मिनेटमा मर्ने भएकोले फैलाबट रोक्न सजिलो छ |
– विश्वभरका डिस्टिलरीले ह्याण्ड स्यानिटाइजर तथा मोटर कम्पनीले भेन्टिलेटर बनाइरहेका छन् | मास्क तथा स्यानिटाइजर स्थानीय स्तरमा पनि बनिरहेका छन् | यो पनि सुखद पक्ष हो |