युवा नेता मदुकुमार श्रेष्ठ द्वारा धादिङमा खाध्यन्न राहत सामग्री वितरण

काठमाडौँ – नेपाली कांग्रेसका युवा नेता, महासमिति सदस्य, चलचित्र निर्माता तथा निर्देशक मदुकुमार श्रेष्ठले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस(कोभिड-१९) को चपेटामा परेर पिडित बनेका धादिङका करिब २५० घर परिवारलाइ खाद्यान्न सामाग्री राहत स्वरुप वितरण गरेका छन् । दैनिक ज्याला मजदुरी गरेर आफ्नो परिवार पाल्दै आएका तथा अति न्यून आय भएका पिछडिएका चेपाङ्ग र दलितहरुको पहिचान गरि उनले चामल, दाल, नुन जस्ता अति आबश्यक खानेकुरा विभिन्न स्थानमा पुगेर आफैले वितरण गरेका हुन् । उनले यस भन्दा अगाडी पनि मास्क र साबुन उक्त क्षेत्रमा वितरण गरेका थिए । चुनाबको बेला मात्र नेताहरु गाउँ घरमा पुग्ने र आश्वासन दिने परिपाटी चल्दै आएको परिस्थितिमा युवा नेता श्रेष्ठ आफ्नै घर आँगनमा आएर यसरि राहत वितरण गरेकोमा स्थानिय बासिहरु हर्षित भएका थिए । युवाहरुका ढुक ढुकी, बृद वृदाहरुका सहारा तथा बालबालिकाहरुका अबिभाबक बन्न सफल बरिष्ट समाजसेवी, नायक तथा युवा नेता मदुकुमार श्रेष्ठ एक इमान्दार, स्वच्छ छबि भएका कर्मठ, निष्ठाबान, स्पष्टबक्ता, बिकाशप्रेमी, जनताको भावना बुझेर काम गर्न सक्ने तथा नेतृत्वदायी क्षमता भएका व्यक्तित्वको रुपमा परिचित छन ।

आफ्नो क्षेत्रका जनताहरुले खानाको समस्या भोग्दै आएको खबर सुने पछि युवा नेता श्रेष्ठले स्थानिय जनता मार्फत पिडितहरुको पहिचान गरि विश्व स्वास्थ्य संगठनको आधारभूत नियमहरु पालनागरि सुरक्षित तबर बाट राहत सामग्री वितरण गरेका थिए । लकडाउनको अबस्थामा दैनिक मजदुरी गरेर गुजारा चलाइरहेका परिवारलाइ कठिनाइ परेको हुँदा उनले जनताको घरदैलोमा पुगी राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

नेपाल सरकारले समेत दैनिक ज्याला मजदुरी गर्ने निम्न आय भएका घर परिवार तथा व्यक्तिहरुको पहिचान गरि राहत सामग्री वितरण गर्न राहत प्याकेज घोषणा गरेको अबस्थामा स्थानिय सरकारले चाँडो चाँडो पिडितहरुलाई राहत वितरण गर्न सहजीकरण गरोस भन्ने उदेश्यले स्थानिय सरकारलाई घच-घच्याउन पनि यस राहत वितरण गरेको युवा नेता मदुकुमार श्रेष्ठ बताउँछन । यस संकटको घडिमा जननिर्वाचित प्रतिनिधिहरुले सोचे जस्तो द्रुतगतिमा काम गर्न नसकेको अबस्थामा युवा नेता श्रेष्ठले आफ्नो व्यक्तिगत पहलमा राहत सामग्री वितरण गरेकामा स्थानियबासिहरु हर्षित छन् ।

उक्त अबसरमा धादिङ क्षेत्र न १ मा पर्ने धुनबेसी नगरपालिका, थाक्रे गाउँपालिका, गल्छी गाउँपालिका, गजुरी गाउँपालिका, बेनिघाट रोराङ गाउँपालिका लगायत अन्य क्षेत्रका जननिर्वाचित स्थानिय प्रमुखहरुलाई भेटि उक्त क्षेत्रका जनताहरुले भोग्नु परेका साँझा समस्याहरु अबगत गराउँदै यथासक्य पिडित परिवारलाइ राहत सामग्री वितरण गर्न नेता श्रेष्ठले ज्ञापन पत्र मार्फत ध्यानाकर्षण समेत गराएका थिए ।