सामाजिक र राजनीतिक कोरोनापछि नेपाली प्राकृतिक कोरोनाको आक्रमणमा, न्यायोचित ब्यबस्थापन?

रामकुमार श्रेष्ठ ***

महाकाली नदी पार गरे लगत्तै प्रहरीको पक्राउमा बोहरा

मंगलबार दिउँसो करिब १ बजे, महाकाली नदी पारिपट्टि किनारमा बैतडीको डिलासैनी गाउँपालिका–२ सिमराका २१ वर्षीय लोकेन्द्र बोहराले एकाएक लुगा फुकाले, लुगा झोलामा हाले, झोला टाउकोमा बाँधे, अनि महाकालीमा हेलिए र केही बेरमै वारि किनार आइपुगे । घरमा कमाउने कोही नभएपछि दुई महिनाअघि गाउँका साथीसँगै रोजगारीका लागि भारत गएका उनी चैत नलाग्दै कोरोनाको हल्ला फैलिएपछि दुई दिनसम्म लगातार हिँडेर सोमबार धार्चुला आइपुगे र त्यहाँ अन्य नेपालीलाई राखिएको ठाउँमा खाना खाएपछि कान्जीहाउसमा शौचालयको छतमा रात काटी मर्नै परे पनि आफ्नै देशमा मर्ने भनेर महाकाली नदी पार गरे लगत्तै प्रहरीको पक्राउमा परे ।

उनीसहित १३ जनाको समूह भारतबाट आइतबार बिहान हिँडेर सोमबार बेलुका सीमावर्ती क्षेत्र बालुवाकोट आइपुगेका हुन । उनीसँगै अन्य ६ जना पनि महाकाली तरेर नेपाल छिरेका छन् । पौडिन सक्ने तरेर आए, तर नसक्ने सयौँ नेपाली भारतीय क्षेत्रमै अलपत्र छन् ।

भारतीय प्रहरी र पसलेले नेपालीलाई अपराधीको जस्तो व्यवहार गर्ने बोहराको भनाइ छ । पुल बन्द गरेर पारिपट्टि नै खान र बस्नको व्यवस्था गरिए पनि अव्यवस्थित र फोहोरले झन् संक्रमणको डर रहेको कारण डरले आइतबारदेखि केही नखाएको उन्को भनाइ छ ।

कोरोनाको सन्त्रासमा विश्वका अन्य देशले विदेशमा रहेका आफ्ना नागरिकलाई जहाज चार्टर्ड गरेर लगिरहेको छ । तर, नेपालले सीमामा आएर चिच्याइरहेका नागरिकलाई देश छिर्न नदिनु न्यायोचित होइन । दार्चुला जिल्ला प्रशासनले आत्तिएर ज्यान जोखिममा नपार्न चेतावनी दिँदै हाल रहेकै ठाउँमा सुरक्षित बस्न भनेको छ । यसरी रोक्दा गलत तथा जोखिमपूर्ण बाटो प्रयोग गरेर भित्रिनेहरु बढिरहेका छन् । यसले गाउँमा संक्रमणको जोखिम बढाएको छ । सोमबार र मंगलबार महाकाली तरेर ४० जना भित्रिएकामा १० जना सम्पर्कमै छैनन् ।

भारततर्फ महाकाली नदी किनारमा थुनिएका ९६६ नेपालीलाई विभिन्न पाँच ठाउँमा राखिएको छ । व्यवस्थापनको जिम्मा कसैले नलिँदा नेपालीहरू भारतमै अलपत्र परेका हुन् ।

अहिले सरकारले प्रत्येक स्कूललाई १ महिनाको आम्दानी कोरोना उद्धार कोषमा राख्न भनेको छ । हिमानी कोषले २ करोड दिंदैछ भने अरुले दिने क्रम जारी छ । नेपालभित्रैबाट यो प्रयोजनको लागि यसरी अरबौं उठ्ने निस्चित छ । यसरी योगदान लिएपछि त्यस्को ट्याक्स छुटको पनि ब्यबस्था हुनु आबस्यक छ । कुनियतपूर्ण संस्थागत सामाजिक र राजनीतिक कोरोनाद्धारा दिनानुदिन घायल बनेका नेपाली प्राकृतिक कोरोनाको थप आक्रमणमा परेको बेला आलोचना गर्ने ठाउँँ नराखी सही पीडितहरुको न्यायोचित ब्यबस्थापन होस ।

*** श्रेष्ठ लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास) बिस्व सल्लाहकार हुनुहुन्छ ।