लमजुङमा स्थानीय र चीनिया नागरिक बीच झ*डप, हति*यार सहित फिल्मी शैलीमा उत्रिए चाईनीज (भिडियो)

लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका वडा नं. ६ ठूलोबेसीमा न्यादी हाईड्रोपावरमा कार्यरत चीनिया नागरिक र स्थानीय बासिन्दा बीच झ*डप भएको छ । स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामाग्री भारतबाट ल्याएको भन्दै बिरोध गरेपछि झ*डपको अवस्था आएको हो । भारतबाट हाईड्रोपावरलाई आवश्यक सामाग्री सहितका दुई ट्रक आएको र गाउँलेहरुले लकडाउनको बेला किन चहलपहल बढाएको भन्दै प्रश्न गरेपछि चाईनीजहरु कुट*पीटमा उत्रिएको वडा ६ की जनप्रतिनीधि डिलमाया थापाले बताउनुभयो । पत्रकार नबिन कुईकेलका अनुसार स्थानीयले बाटोमा लगाएको तार जाली समेत फाल्दै हाईड्रोपवरले सामान गाउँमा भित्राएपछि स्थानीयहरु रुष्ट भएका थिए । आफुहरु घरबाट निस्कन समेत नपाएको तर चिनीयाहरुले भने भारतबाट सामाग्री ल्याएपछि कोरोनाको डर बढकोले बिरोध जनाएको बताएका छन् । हेर्नुहोस् यो भिडियो ।