हाम्रो शरीर आफैमा एक अद्भुत मेशिन हो ।

फडिन्द्र भट्टराई , लन्डन
सकेसम्म कोरोनालाई हाम्रो शरीरमा प्रवेश निषेध गरौँ । यदी गरिहाल्यो भने पनि हाम्रो शरीर यो भाइरस संग आफै युद्द गर्ने छ । त्यसैले अलि वृद्द र अशक्त तथा शारीरिक रुपमा कमजोरहरुलाई यसले टार्गेट गर्ने हो । अलि कमजोर स्वास्थ्य अवस्था हुनेले बिशेष ध्यान दिनु पर्यो । हाम्रो शरीरको प्रतिरक्षा प्रणाली (immune system ) कति बलियो छ यसमा पनि शरीरले जित्ने अथवा भाइरसले जित्ने भन्ने निर्धारण हुदो रहेछ । हाम्रो शरीर आफैमा एक अद्भुत मेशिन हो । यसभित्रको चमत्कार बुझिनसक्नु छ ।

इम्यून सिस्टम हाम्रो मानसिक अवस्थिती संग बलियो गरी जोडिएको बताउछन जानकारहरु । जसरी काम, क्रोध, मोह, करुणा जस्ता फरक फरक भावनाहरुमा हाम्रो मन संगै शरीर पनि बलियो र कमजोर हुन्छ त्यस्तै चिन्ता, छटपटी र अशान्तीमा पनि हाम्रो शरीरका तन्तुहरु र त्यो अवस्थामा उत्पन्न हुने रसायनहरुले शरीर र शरीरको प्रतिरक्षा प्रणालीलाई कम्जोर बनाउछन । यो बाहेक प्रतिरक्षा प्रणालीलाई हाम्रो आहार विहार, जीवनशैली लगायत अनेकन कुराले निर्धारण गर्दछन ।

त्यसैले रोगले छोप्ला की भन्ने चिन्तामा धेरै घोत्लियौं भने समयको दौरानमा हाम्रो इम्यून सिस्टम कम्जोर बन्न सक्छ र परिणाम स्वरूप हाम्रो शरीरलाई रोग संग भिडन मुस्किल पर्न सक्छ । यसर्थ अहिलेको अवस्थामा हामीले स्वास्थ्य जीवनशैली अपनाउनु, ब्यायाम, कसरत, ध्यान योगा जस्ता अभ्यासहरु गर्नु, आफुलाई मन पर्ने पुस्तकहरु पढ्नु, आफ्नो रुचिअनुसार फिल्म डकुमेन्ट्रीहरु हेर्ने, प्रविधीको प्रयोग गरेर (भेटेर हैन ) भाईसाथी संग गफिनु जस्ता क्रियाकलाप उपयोगी हुन्छन ।

हे बरै अब के होला भनेर चिन्तित मुद्रामा बस्ने गर्नु भएको छ भने आजै छाड्नुस, हासी खुसी रमाइलो गरी परिवारसंग बसौं , सावधानीका हरेक उपायमा हेल्चेक्र्याई नगरौँ यो नै आजको आवश्यकता हो । सके त यो भाइरसलाई छिर्नै नदिउँ यदि घुसी हाल्यो भनेपनि हाम्रो शरीरले नै यसलाई हराईदिने छ । कतिपयमा त यो संक्रमण भएको थाहा नै लाग्दो रहेनछ । आक्रमणको निकै सानो प्रतिशतलाई यसले शिकार बनाएको छ । तथ्यांकहरु हेर्ने गर्नुस, यो लाग्दैमा मरिहालिने होईन । रोग लाग्छ की भन्ने चिन्ताले हाम्रो शरीरलाई पहिलै कमजोर नबनाऊ । तपाई मात्रै होईन सिंगो संसार एउटै गाढामा छ अहिले चिन्ता नगर्नुस !

बस यत्ति गर्नुस जति गर्न भनिएको छ , घरमै बस्नुस, व्यक्तिगत स्वच्छता कायम राख्नुस, चिन्ता नगर्नुस, निस्फिक्री रहनुस रोग आइहालेछ भने पनि आफै भाग्नेछ ! आफु स्वस्थ्य, जवान र तन्दुरुस्त छु भनेर आफ्नो कारणले अरुलाई भने पटक्कै जोखिममा नराखौँ । आफु पनि बचौं र अरुलाई पनि बचाउँ !
बसी बिंयालो