कोरोना भाइरस संक्रमित नर्सले अरुलाई सर्ने डरले गरिन आत्महत्या

भर्जिनिया, अमेरिका। इटालीमा कोरोना भाइरस संक्रमितहरुको उपचारमा खटिएकी नर्सले आफुलाई समेत संक्रमण भएको थाहा भएपछि आत्महत्या गरेकी छिन् । डेली मेलले जनाए अनुसार ३४ वर्षीया नर्स डेनिला ट्रेज्जीले कोरोनाको सवैभन्दा प्रभावित क्षेत्र लोम्वार्दीमा अग्रपंक्तिमा रहेर संक्रमितहरुको उपचार गरेकी थिइन ।

कोरोनाभाइरसबाट संक्रमितहरुको उपचार गर्दागर्दै म आफै संक्रमित भएकोले अब अरु मानिसहरूलाई संक्रमित गर्ने बोझ सहन सक्ने क्षमता म मा छैन। त्यसैले अरु धेरैको जीवन बचाउनको लागि आफ्नो जीवन अन्त्य गर्ने निर्णय गरे, उनले सुसाइड नोटमा भनेकी छिन् ।

नर्सहरुको महासंघ इटालीले मृतक डेनिला ट्रेज्जी कोरोनावाट सबैभन्दा बढी प्रभावित लोम्बार्डी क्षेत्रमा अग्रसर भएको तर उनको आत्महत्याको खबरले सबै चिकित्सकहरु र सिंगो मुलुक स्तब्ध भएको जनाएको छ ।

(तस्विर :साभार न्युयोर्क पोष्ट)