राजेश पायल राईको आवाजमा ”आखाँको नानी सोल्टिनी ” भिडियो सहित ।

नेपाली गीत संगीतमा निकै रुचाइएका गायक राजेश पायल राई र गायिका कल्पना तामाङको आवाजमा रहेको ”आखाँको नानी सोल्टिनी ” गीतको भिडियो सार्वजनिक भएको छ ।

मायालु जोडीको प्रेम भावहरु सार्वजनिक गीतका शब्दहरुमा रहेको छ । जिवनका कठिन परिस्थितीमा साथ दिने प्रेमिल जोडीको मनको वहहरुलाई गीतमा समेटिएको छ । माया श्रेष्ठको शब्द्य तथा मनोज सामसोङ राईको संगीत तथा एरेन्ज र राजु कार्कीको एरेन्ज गीतमा रहेको छ ।

रामकृष्ण कडेँलको छायाँकन तथा विश्वास भण्डारीको सम्पादन र राजन महर्जनको नृत्य निर्देशन भिडियोमा रहेको छ । ”आखाँको नानी सोल्टिनी ” गीतको भिडियोमा कला राई , गोविन्द लामा , मिलन तामाङको फिचरिङ रहेको छ ।

”आखाँको नानी सोल्टिनी ” गीतको भिडियो हेर्न तल क्लिक गर्नुहोस ।