शास्त्रका अनुसार दिउँसोमा सुत्दा यस्तो बेफाइदा हुन्छ

शास्त्र र आयुर्वेदमा दिनको समय काम गर्नका लागि अनि राति चाहिँ सुत्नका लागि निर्धारण गरेका छन् । तर रातमा ड्युटी हुने मानिस त बाध्यतावश राति उठ्ने र दिउँसो सुत्ने गर्छन् । कोहीकोहीको चाहिँ दिउँसो सुत्ने बानी परेको हुन्छ ।
तर शास्त्र र आयुर्वेदमा दिनमा सुत्न अनुचित मानिएको छ । दिउँसो सुत्दा पाचनतन्त्रमा गडबडी हुन्छ र खाना सही तरिकाले पच्दैन । यसले गर्दा कब्जियत, ग्यास, अपच लगायत समस्या आइलाग्नुका साथै मोटोपन पनि बढ्छ । दिउँसो एकछिन आराम गर्दा त कुनै हानि हुँदैन तर खाना खाएर गहिरो निद्रामा जाँदा चाहिँ पेटसम्बन्धी रोग लाग्छ ।