कोरोना कोषमा नेल्टाको एक लाख सहयोग, पशु स्वास्थ्यलाई अत्यावश्यक सेवामा राख्न माग

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा)ले कोरोना भाईरस संक्रमण रोगकथाम नियन्त्रण तथा उपचार कोषमा एक लाख एक जहार १११ सहयोग गर्ने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारका लागि सरकारले सुरु गरेको कोषमा सहयोग गर्ने नेल्टाले एक विज्ञप्ती जारी गरी जनाएको छ ।

नेल्टाका महासचिव सुरेशकुमार श्रेष्ठद्धारा हस्ताक्षरित विज्ञप्तीमा पशुपन्छी स्वास्थ्य सेवालाई पनि अति आवश्यक सेवाको सूचीमा राख्न गर्दैै हालको संकटमा सरकारले योजना बनाएको खण्डमा सुरक्षित तरिकाले कोरोना संक्रमण नियन्त्रणको अभियानमा नेल्टाका सदस्यहरुखसमेत सामेल हुन उल्लखे गरिएको छ ।

नेल्टाले आफ्ना जिल्ला संघहरुलाई समेत राहत कोषमा गच्छेअनुसार रकम जम्मा गरी सहयोग गर्नसमेत आह्वान गरेको छ । वर्तमान संटककालमा सरकारले कोराना संक्रमण रोक्नकै लागि घरबाहिर नजान अपिल गरेको वस्थामा आफ्नै जीवन रक्षाका लागि गरिएको आग्रह ठानी घरबाहिन ननिस्किएर सरकारलाई सहयोग गर्न समेत नेल्टाले सबैलाई आह्वान गरेको छ