लोक गायक बद्री पंगेनीले आफु संग भएको पैसा सरकारलाई दिदै भने :कोहि भोकै मर्न नपरोस (हेर्नुहोस भिडियो)

कमल सरगम,काठमाडौं । विश्वनै कोरोनाको कारण आतंकित भए संगै यसबाट कलाकारहरुले पनि सरकारले चालेको योजनालाई सहयोग गर्न थालेका छन त्यसै भित्र लोकप्रिय गायक बद्री पंगेनीले पनि सरकारले गठन गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण केन्द्रीय राहत कोषमा आफ्नो व्यक्तिगत रुपबाट ५० हजार रुपैयाँ सहयोग गरेका छन।पंगेनीले आफ्नो तर्फबाट सहयोग रकम हस्तान्तरण गरे संगै केहि संदेश पनि दिएका छन।

पंगेनीले राष्ट्रिय वाणिज्य बैंकको खातामा आफ्नो तर्फबाट सो रकम जम्मा गरेका हुन् । कोरोनाकै कारण लकडाउन भए संगै कलाकारहरु यो समय घरमै बसिरहेका छन।सोहि प्रभाब पंगेनीमा पनि परेको छ।पंगेनी गीतबाटै भन्छन: “संकटको बेला आत्तिनु हुन्न,प्रकोपको बेला मात्तिनु हुन्न”।सरकारले मानव जातिलाई नै संकटमा पार्ने गरी फैलिएको कोभिड १९ महामारीविरुद्ध सरकारले गरिरहेको प्रयासमा साथ दिन आफूले व्यक्तिगत रुपमा कोषमा योगदान गरेको बताए ।

भिडियो हेरौ :