पुर्बबाट आयो काठमाडौलाई चुनौती दिने म्युजिक भिडियो

पछिल्लो समय नेपालीको पुर्बी छेत्रबाट निकै राम्रा अनि काठमाडौलाई नै चुनौती दिने कामहरू आइरहेका छन । हास्य टेलिशृन्खला देखि म्युजिक भिडियोसम्म पुर्बमै तयार हुन थालेपछी धेरै लुकेका प्रतिभालाई स्थान पाउन सहज हुँदै आएको छ । पुर्बबाटै हास्य टेलिशृन्खला दोबाटेमा चिबे बुढोको भुमिकामा सबैमाझ लोकप्रिय बनेका समीर सुवेदीको दमदार अभिनय रहेको भिडियो सार्बजनिक भएको छ । संचारकर्मी प्रेम अधिकारीको शब्द र गायिका सुनिता कटुवालको स्वर रहेको ‘यो मनले त्यो मनलाई’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक भएको छ ।

दर्जनौ गीत बजारमा ल्याएर चर्चा कमाई सकेकी सुनिताले ‘यो मनले त्यो मनलाई’ बोलको आधुनिक गीतको भिडियो युट्यूब मार्फत सार्वजनिक गरेकी हुन । गायिका कटुवालले गीत सबै स्रोता ,दर्शकले मनपराउने बताईन ।

संचारकर्मी प्रेम अधिकारीको शब्द तथा बलराम समालको संगीत रहेको उक्त गीत पूर्वी नेपालका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ ।
भिडियोमा कलाकार तथा सञ्चारकर्मी समिर सुवेदी लगायत बसन्त राइ सुस्मिता कोइराला र अस्मिताले अभिनय गरेका छन । बसन्त राईको सम्पादन रहेको उक्त भिडियोलाइ श्री कुमार साम्पाङले निर्देशन गरेका छन् ।

इटहरीबाट संचालित पाथीभरा रेर्कडिङ स्टुडियो तथा निषाद संगीत विद्यालयको संचालक समेत रहेकी गायिकाले इटहरीलाई कर्मथलो बनाएर सांगीतिक क्षेत्रमा संर्घष गरिरहेकी छन ।
इलामबाट पत्रकारिता गर्दै आएका संचारकर्मी अधिकारीको शब्द रहेका एक दर्जन बढी गीत बजारमा आइसकेका छन । तलको भिडियो हेर्नुहोला र प्रतिक्रिया दिनुहोला