कोरोना संग जुध्दै छ बिश्व

डा पुरुषोत्तम पौडेल,

लन्डन : नयां बर्ष संगै महामारिक रुपमा चिनको हुबेई प्रान्तको वुहान भन्ने शहर वाट शुरु भएको कोरोना भाईरस कोभिड-१९ ले सन्सार भरी फैलिएर बिश्व महामारीको रुप लिएकोछ । वल्डोमिटरस् वेव रेकर्ड अनुसार यो भाईरस अहिले सम्म विश्वका १९८ देशहरुमा संक्रमित बन्न पुगेकोछ । अहिले युरोपको ईटली, स्पेन, बेल्जियम, फ्रान्स, युके, अमेरिका, ईरान देशहरुमा यो रोगको महामारी द्रुत गतिमा बढेको देखिएको छ । पछिल्लो तत्थ्यांक अनुसार ४८८ हजार मानिसमा यो रोग पहिचान भएकोछ । जस मध्ये ज्यान गुमाउनेको संख्या २२ हजार नघिसकेकोछ भने ११७ हजारमा रोग निको भएकोछ भनिएकोछ, वाकि सबै उपचार मै भएको देखिन्छ । मृत्यु हुनेहरुमा ईटली सबैभन्दा बढी, त्यसपछि स्पेन ठुलो देश देखिएकोछ छ भने चिन तेस्रो ठुलो देशको रुपमा देखिएकोछ । यदि यो संक्रमण नियन्त्रण नहुने हो भने यो अबस्था फरक भएर जान सक्ने देखिन्छ ।

बेलायत, जहा बिश्वको एउटा राम्रो स्वास्थ्य उपचार प्रणाली भएको भनिएको देश, मा पनि यो कोरोना भाईरस संक्रमण र मृत्यु हुनेहरुको संख्या द्रुत गतिमा बढेकोले मुलुकमा सर्बत्र चिन्ता बढेकोछ । हाल सम्म ४०० भन्दा बढिको ज्यान यहि भाईरसका कारण गएकोछ । यदि नियन्त्रणका उपायहरु नअपनाउने हो भने यस भाईरसले बेलायतमा मात्र हैन बिश्वमा धेरै मानिसको ज्यान लिन सक्ने अनुमान गर्न सकिन्छ ।

यो भाईरस संक्रमण बृद्धबृद्धा तथा अशक्तहरुमा यो बढि देखिएकोछ । जनसंख्या संख्या बढि भएका शहर, घना बसोवास भएका क्षेत्र र अन्तर्राष्ट्रिय आबतजाबत सम्बन्ध बढी हुने मुलुक र शहरी क्षेत्रहरुमा बढि फैलिएको देखिन्छ । तर तुलनात्मकरुपमा बृद्धबृद्धा संख्या कम भएका शहर, ग्रामिण तथा एकान्त बस्तीहरु भएका क्षेत्रहरु, अन्तर्राष्ट्रिय आबतजाबत तुलनात्मक रुपमा कम रहेका मुलुक र क्षेत्रहरुमा संक्रमणको प्रभाब कम देखिन्छ । त्यसैले अहिलेको अबस्थामा सबै मानिसको आबजाबत र भेटघाट र संसर्गमा बन्देज नै उपयुक्त उपाय देखिन्छ ।

यस अघि जनाबर, पन्छी, जंगली जन्तुमा मात्र देखिएको यो भाईरस चमेरो वाट अहिले मानिसमा फैलिन आएको भनिएकोछ । वुहानको स्थानिय बजार जहा जिउदा र मासुकालागी मारिएका जनाबरको मासु एकैठाउमा राखेर बेच्ने गर्दा यो रोगको संक्रमण मानिसमा फैलिएको भनिएकोछ । तर पनि कसरी यो मानिसमा संक्रमित भयो भन्ने बिषयमा थप अनुसन्धान भैरहेकोछ । तर यसवाट अहिले नै के सिक्न पनि पर्यो भने जिउदा पन्छि वा जनाबर र तैयारी मासु एकै ठाउमा बेच बिखन गर्न नहुने रहेछ साथै मासु बिक्रि बितरण गर्दा खुल्ला राख्न नहुने, मासु स्वास्थ्य छ कि छैन सुनिश्चित गर्न पर्ने र मासु प्रशोधन गर्दा सरसफाई बिधि र मापदण्ड प्रयोग गर्न अत्यावस्यक छ ।

अब यो कोरोना भाईरस के हो र यसका लक्षणहरु के हुन् भन्ने बिषयमा छोटो छलफल गरौ । यो सार्स, मार्स स्वाईन फ्लु, एचआईभी, ईबोला, डिंगो जस्तै एक प्रकारको प्राण घातक भाईरस हो । यसको मुख्य असर नै स्वासप्रस्वासमा पर्छ भनिएकोछ । शुरु शुरुमा जोरो आउनु र निरन्तर हुनु, थकाई लाग्नु, शरिर दुख्नु, निरन्तर खोकी लाग्नु र पछि स्वासप्रस्वासमा कठिनाई हुनु यसका मुख्य लक्षणहरु हुन् । यस भाईरसले श्वास नलिलाई सुक्खा पार्दछ तर फोक्सोमा न्युमोनिया बनाई खराबी ल्याउछ । जसका कारण शरिरमा अक्सिजनको कमि हुन्छ र मुटु, मृगौला जस्ता अंगहरुले काम गर्न छोड्दछन् र समयमा उपचार पाउन नसके बिरामीको ज्यान जान सक्दछ भनिएकोछ ।

अब यस भाईरस संक्रमणवाट कसरी सतर्क रहने भन्ने चर्चा गरौ । यो कोरोना भाईरसले शरिरमा रोग बिरुद्ध शक्ती कमजोर भएका मानिसहरु बिषेश गरी दिर्घ रोग (जस्तो: क्यान्सर, दम, मधुमेय, किड्नी सम्बन्धी रोग, ह्रदयरोग आदि ) भएका, शारिरिक अपांगभै उपचार भैरहेका, गर्भबती महिला, बृद्धबृद्धा, मानसिक रोग भएका मानिसहरुमा छिटो संक्रमित हुन्छ भनिएकोछ । त्यसकारण यस्ता मानिसहरुले थप सतर्कता अपनाउन पर्ने र यस्ता मानिसहरु संग सम्पर्कमा रहनुपर्ने वा रहने ब्यक्तीहरुले पनि थप सतर्कता अपनाउन पर्दछ । आफुलाई लक्षण हुदाहुदै वा आफ्नो लापरवाहिका कारण माथी भनिएका कमजोर मानिसहरुमा सर्न गएमा यो एक किषिमको सामाजिक अपराध हो भन्ने सोच आफैमा बनाउन पर्दछ किन कि लापरवाही भएमा कसैको ज्यान जान सक्दछ । यस कुरालाई मनन् गरेर सकेसम्म कसैको घरमा बिना कारण भेटघाट गर्न जान पनि हुदैन । कसैमा माथी भनिएका लक्षण देखिएमा प्रसस्त पानी वा झोलिलो पदार्थ पिउने, पारासिटामोल लिने, भिटामिन सी (अम्लिय छार) पाईने भएका फलफुलहरु खाने, रुघा खोकि लाग्दा खाने घर्यासी अौषधी पानी पकाएर खाने, फोन मार्फत स्वास्थ्य सेवामा सम्पर्क गरेर थप जानकारी लिने र आबस्यक परे तोकिएको उपचार केन्द्रमा उपचार गर्न जानु पर्दछ । वाहिर ननिस्कने, बुढाबुढी र दिर्घ रोग भएका मानिसको नगिच संक्रमित ब्यक्ती नजाने, खोक्दा वा हाछिउ गर्दा टिस्यु पेपरमा गर्ने गर्नु पर्दछ । प्रयोग भएका टिस्यु पेपर शुरक्षित बिनमा फाल्नु पर्दछ । यसो गर्दा अरुमा संक्रमित हुनवाट रोक्न मद्दत मिल्दछ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले रुघा खोकीवाट निस्कने फोहरलाई टिस्यु पेपरले समात्ने र त्यसलाई शुरक्षित डस्टबिनमा फाल्ने र हात राम्रोसंग पटक पटक धुने गरेर संक्रमणका किटाणु मार्ने गरेमा यो कोरोना नियन्त्रण गर्न सजिलो हुने भनेको छ । साथै मानिसलाई भिडभाडमा नजान, काम नपरी वाहिर ननिस्कन र बुढाबुढी र दिर्घ रोगी बिरामीलाई स्वास्थ्यकर्मी र केयरमा संलग्न ब्यक्ती वाहेक वाहेकले नभेट्न भनेकोछ । उक्त सेवाले यदि यो संक्रमणको संका लागेमा १११ मा फोन गरेर स्वास्थ्यसेवा लिन सकिने ब्यवस्था मिलाएको देखिन्छ । संक्रमणका लक्षणहरु देखिएमा १४ दिन आंफै एकान्तमा बस्न सल्लाह पनि दिएकोछ ।

धेरै देशहरुले संक्रमण वाहिरवाट आउने यात्रु मार्फत बढेको कारण हवाई सेवा र बोर्डर बन्द गरेकाछन् भने शहरी क्षेत्रहरुमा यस रोग वाट बच्न र यो महामारीको रुपमा फैलिई रहेकोले थप संक्रमण हुन नदिने उपायको खोजिमा रहेको देखिन्छ । भाईरस संक्रमण रोकथाम गर्ने क्रममा आफ्ना यातायात सेवाहरु, शिक्षण संस्थाहरु, बजार, बार, रेष्टुरेन्टहरु, कार्यालयहरु, सभा, सम्मेलन, रंगमंच, कन्सर्ट सबै बन्द गरिसकेकाछन् भने गम्भिरतालाई दृष्टिगत गरी कति देशले बन्द गर्ने योजना अगाडी ल्याएका देखिन्छ । कति यो भाईरसलाई कसरी रोकथाम गर्न सकिन्छ भनेर छलफल गरिरहेका र दैनिक रुपमा जनतालाई संक्रमणको अबस्था र नया सतर्कतावारे र ब्यवसायमा पर्न सक्ने असरलाई कम गर्ने उपायहरुवारे बताईरहेकाछन् ।

यो महामारी अब सबै महादेशका देशहरुमा फैलिईसकेको छ । यो कोरोनाको खोप अौषधी केहि हालसम्म पत्तालागेको छैन । त्यसैले जहा जुन देशमा बसोबास गरेता पनि त्यहि नआत्तिईकन यसबारेमा उपलब्ध भएसम्मका बिधि र प्रबिधिहरुको भरपुर उपयोग गर्न र शुरक्षित हुन कोषिस गर्न उपयुक्त हुन्छ । यस संक्रमणवाट बच्न सामाजिक दुरीः भिडमा ननिस्कने, एक अर्का बिचको दुरी कम्तिमा दुई मिटर राख्ने र खोकि लागेको र हाछिउ गर्ने मानिसहरुवाट टाढा रहने, र सकेसम्म वाहिरको खाना नखाने गर्न पर्दछ । सार्वजनिक यातायात प्रयोग नगर्ने डदि गर्न परेमामा यात्रा गरे पछि वा वाहिर गएर घरमा फर्किए पछि, सौचालय प्रयोग गरे पछि, बाहिरवाट आएका वा ल्याईएका सामानहरु चलाए पछि वा पैसा हातले समाते पछि साबुनपानीले कम्तिमा २० सेकेण्डस् लगाएर नङ्ग, अौलाका कापहरु र हत्केला लाई राम्रो संग धुन पर्दछ । नाक कोट्याउने, मुखमा अौला राख्ने वा अौलाले दांत कोट्याउने वानी हटाउने र खाली हातले खानेकुरा छुने वा खाने वानी हटाएर चम्चाहरु प्रयोग गर्ने गर्नु पर्दछ । वाहिर हिड्दा यदि हात धुन सम्भव नभए हात शुद्ध पार्ने जेल वा वाईप्स प्रयोग गर्नु पर्दछ । यो कोरोना भाईरसको जिवाणु प्लाष्टिक र धातुको सतहमा ७२ घण्टा, कपडा र कार्डबोर्डमा ६-८ घण्टा रहन्छ भनिएकाले ति बस्तुहरुको प्रयोग वा स्पर्शमा आउदा हात शुद्ध पार्ने वा धुने र अरुले प्रयोग गरेको मास्क वा रुमालको स्पर्शवाट टाडा रहनु पर्दछ र सम्भब भएमा ति वस्तुहरुलाई पनि किटांणु रहित बनाएर राख्ने र प्रयोग गर्न पर्दछ ।

हाल सम्म यसको त के कुरा, कुनैपनि भाईरसको अौषधी वा खोप पत्ता लागेको छैन । मात्र असर कम गर्न शारिरिक रोग निरोधक शक्ति बढाउने उपायहरुको मात्र उपचार बिधि प्रयोमा ल्याईएकाछन् । तिनै अौषधी र प्रबिधिहरुलाई प्रयोग गर्नुको तत्काल बिकल्प छैन । तर यो महामारी संक्रमण बिरुद्धको खोप वा अौषधी पत्ता लगाउन अनुसन्धानहरु भैरहेकाछन् । बिकसित मुलुकहरुले धेरै धनरासी अनुसन्धानमा उपलब्ध गराउने प्रतिबद्धता जनाएकाछन् । छिटै खोपको बिकास हुने भनिएता पनि ब्यबसायिक उत्पादन भएर आपुर्ती प्रणालिमा आईपुग्न धेरै समय लाग्ने भएकोले माथीका उपायहरु निरन्तर आबलम्वनको तत्काल कुनै बिकल्प छैन ।

यस संक्रमणले मानबिय क्षति त भईरहेकैछ । यो क्रम कहासम्म पुग्न सक्छ भन्ने कसैले भन्न सक्ने अबस्था छैन । कतिले आफ्ना नजिकका आफन्त गुमाएको पिडा र पश्च्यताप त छदैछ । यसको त्रासवाट मानिसहरुमा पर्न गईरहेको मानसिक असर लाई पनि नजर अन्दाज गर्न सकिदैन। यस संक्रमणको महामारी प्रभाव भयाबह अबस्थाले आत्मा कमजोर हुनेहरुलाई एन्जाईटी, डिप्रेसन लागत अन्य मानसिक रोगहरुको श्रृजना गरिरहेको छ भने माथी भनिएका कमजोर बर्गका मानिसहरुमा यसले थप मानसिक असर गरिरहेकोछ । त्यसैले उनिहरुमा संक्रमण नियन्त्रणका प्रयास, उपलब्धी र उपचारवाट राम्रो भएका केशहरु सहितका सकारात्मक सुचनाहरु पनि प्रवाह गर्नु पर्ने देखिन्छ । सबै देशका सरकारहरुले पनि जनमानसमा रोगवाट मानसिक त्रास कम गर्न समेत जनतालाई सुचना प्रवाह गरिरहेको देखिन्छ ।

यस्ता आकस्मिक घटना नियन्त्रण गर्न एकात्मक र केन्द्रिकृत निर्णय प्रकृया भएका मुलुकहरुमा आकस्मिक उपायहरु सम्बन्धी निर्णय गर्न कम समय लाग्ने भएकाले पनि यस संक्रमण रोकथाम गर्ने उपायहरु तत्काल परिचालन गर्न र नियन्त्रण गर्न सजिलो हुने देखियो भने बिकेन्द्रिकृत, बहु-अनुशासित र सह-अस्तित्वको शासन भएका मुलुकहरुमा आकस्मिक आएको यो संक्रमण नियन्त्रण सम्बन्धी कदम चाल्दा नया कानुन बनाउन पर्ने, बहुपक्षिय सहमती र निर्णय लिन पर्ने हुदा ढिलाई हुने गरेको देखियो । त्यसैले स्वास्थ्य सेवा बिकेन्द्रिकृत भए पनि आकस्मिक अबस्था आई पर्दाको अबस्थामा केन्द्र सरकारले निर्णय गर्न सक्ने गरि ब्यबस्था गर्न पर्ने देखिन्छ । यस्तो बिश्व महामारी एउटा देशको प्रयासले मात्र हुदै यस्ता संक्रमण न्युनिकरण गर्न र रोक्न भबिष्यमा बिश्व स्वास्थ्य संगठनलाई थप अधिकार र श्रोत सम्पन्न बनाउन पर्ने देखिन्छ ।

बिश्व स्वास्थ्य संगठनले यस संक्रमणलाई बढ्न नदिन भाईरस नियन्त्रण गर्न सफलता प्राप्त गरेका देशहरुको अनुशरण गर्न आबहान गरेकोछ । चिन र दक्षिण कोरियाले संक्रमण रोक्न चालेको कदमहरु प्रभाबकारी देखिएकोले सबैले अनुशरण गरेमा यसको प्रभाव द्रुत गतिमा कम गर्न सकिन्छ भनेको छ । ति देशहरुले भाईरसको संक्रमण बढ्न नदिन वाहिर वाट आउने हवाईसेवा समेत बन्द गरेको थियो, मुलुक भित्र सबै शिक्षण संस्था, ब्यवसाय, मानिस जमघटहरु, आबत जाबत सबै बन्द गरेको थियो । अहिले युरोप, एसिया, अमेरिका लगायतका धरै मुलुकहरुले सार्बजनिक आबतजाबत र मानिस जम्मा हुने ब्यापार ब्यवसाय सबै बन्द गरेकाछन् । बेलायतमा पनि सरकारले संक्रमण कम गर्न अत्याबस्यक वाहेक यात्रा नगर्न, संभब भएमा घरवाट काम गर्न, सामाजिक भेटघाट नगर्न, घरभित्रै रहन र सामाजिक दुरी कम्तीमा २ मिटर कायम गर्न भनेकोछ । दुईजना भन्दा बढि मानिस जम्मा नहुन भनेकोछ ।

यस महामारीका कारण मानबिय क्षतिमात्र हैन ति मुलुकका ब्यापार र ब्यवसायहरुमा पनि ठुलो असर परेकोछ भने मुलुहरुको आर्थिक अबस्थामा पनि ठुलो धक्का लागेकोछ । बिशेष गरि ठुला अर्थब्यवस्था र बिकसित देशहरुको अर्थब्यवस्थामा यो संक्रमणवाट १० देखी २० प्रतिसत सम्म खुम्चिन पुगेकाछन् भनिएकोछ भने राष्ट्रिय ऋण अत्यधिक बढ्ने देखिन्छ । बिश्वब्यापिकरणले बनाएको सामिप्यता र परनिर्भरताका कारण पनि यि मुलुकहरुको अर्थब्यवस्था बिश्व अबस्था संग सम्बन्धित छ । जसले मुलुकको आयात निर्यातमा भरपर्ने ब्यापार ब्यबसायहरु, आपुर्ती र कर सामार्थ्यमा धक्का पर्दछ ।

अर्को तर्फ सरकार र सम्बन्धित स्वास्थ्य सेवामा आकस्मिकरुपमा चापका कारण थप साधन र श्रोतहरु प्रयोग गर्न पर्ने भएकोले पनि अर्थ ब्यबस्थामा ठुलो असर पर्न गएको देखिन्छ । बजार, यातायात, पब, रेष्टुरेन्ट लगायत स्थानिय स्वरोजगार ब्यबसायहरु बन्दले पनि अर्थ ब्यबस्थामा थप चाप पर्न गएकोछ । यो अबस्था लामो समय रहेमा यसबाट ति मुलुकहरुको अर्थ ब्यबस्था थप खुम्चन सक्ने देखिन्छ । तर पनि सरकारहरुले जनताको जिउ र स्वास्थ्यलाई महत्व दिएकाछन् भने ब्यापार ब्यवसायलाई मर्न नदिन आर्थिक सहुलियतहरु र कर राहत दिएकाछन् । बेलायत र अमेरिकी सरकारले यस संक्रमणको असरवाट ब्यापार र ब्यवसाय बचाउन सबैभन्दा ठुलो आर्थिक सहुलियतहरुको ब्यवस्था गरेको देखिन्छ ।

यसवाट सिक्न पर्ने के छ भने यस्ता संक्रमणले यो बिश्वब्यापिकरणले आपसमा जेलिएको र बढेको परनिर्भरता अबस्थाछ । यस्ता भाईरसहरु खाद्य पदार्थ र प्रतक्ष्य सम्पर्कवाट संक्रमित हुने भएकाले खाद्य पदार्थ उत्पादन, बिक्रिबितरण गर्दा स्वास्थ्य सुरक्षा बिधि प्रयोगमा ल्याएको नल्याएको सुनिश्चित गर्नु पर्ने देखिन्छ भने मानिस-मानिस बिच सामाजिक दुरी सबै समय कायम गर्न जरुरी देखिन्छ । यस्ता संक्रमण र प्रकोपले कुनै पनि बेला बिश्व महामारीको रुप लिन सक्छ । यस्तो संक्रमण महामारी रोक्न आबस्यकता हेरेर बहु-तह शासन अधिकारको ब्यबस्था हुन जरुरी छ । जसले तुरुन्त अन्तर्राष्ट्रिय हवाई तथा अन्य यातायात सेवा बन्द गर्न सक्ने होस् र रोकथाम उपाय अबिलम्व शुरु गरोस्।

स्थनिय सरकारले पनि मुलुक भित्र संक्रमण रोक्न चाल्नु पर्ने कदम तत्काल चाल्न, आबस्यक पर्ने श्रोत, साधन प्रबिधीको ब्यबस्था र तालिम प्राप्त मानबिय संशाधनको ब्यबस्था लाई अध्याबधिक गरिरहन जरुरी देखिन्छ । यस्ता भैपरि आउने आकस्मिक घटनावारेमा जन चेतनाका लागी आधिकारिक रुपमा जिम्मेदार निकायलेनै जनताका लागी सहि सुचना सम्प्रेषण गर्न, जन दायित्व, जनमानसमा सेवा तैयारीको सुनिष्चिता र सुचनाको अध्याबधिक गराउन आबधिक (आबस्यकता हेरी दैनिक वा हप्तावारी वा महिनावारी) स्थानिय सरकारहरुले सार्वजनिक सुचना जनतासंग प्रतक्ष पुग्ने गरि प्रवाह गर्नु पर्दछ ।