जनता नै नरहे के सरकार ? – जनप्रतिनिधीले नै भोगीरहेछन यस्तो समस्या (हेर्नुहोस् भिडियो)

धनकुटा। कोरोना भाईरस कोभिड १९ को संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबैले आ आफ्नो क्षेत्रवाट सेवा दिने भावले काम गर्दा राम्रो हुने पाख्रीवास ४ का वडाध्यक्ष शोवित निरौलाले वताउनुभएको छ ।

यो भाईरसको संक्रमणबाट सर्वसाधारण जनतालाई सर्तकता अपनाउन वडाले केही दिन अघि माक्स वनाई वितरण गर्ने शिलशिलामा ईलाष्टिक खरिदको क्रममा भोगेको समस्य स्मरण गर्दै उहाँले त्यस्तो वताउनुभएको हो । उहाँले भन्नुभयो “माक्स वनाउनका लागि आवश्यक ईलाष्टिक खोज्ने क्रममा यी सामान लुकाईएको, दिईए पनि मूल्य वढी लिन खोजिएको हेर्दा मलाइ चाँही अचम्म लाग्छ ।

अहिले त यो महामारीको अवस्थामा व्यपारव्यवसाय पैसामुखी हुनु भन्दा पनि मानवताको अनुभूति गर्नुपर्ने ठान्छु म । अनि मैले के ठान्छु भने हामी जनप्रतिनीधिहरुले यो महामारीको वेला जनताको अभिभावकत्वको रुपमा भूमिका निर्वाह गर्न सकेनौ भने पदको औचित्य के ? उहाँले ग्यास लगायतका सामाग्रीहरु पनि लुकाएर नियमित ग्राहकलाई मात्र सहज रुपमा दिने जस्ता प्रवृती विडम्वना भएको वताउनुभयो ।

वडाले करिव २ हजार माक्स वनाई सर्वसाधारणलाई वितरण गर्ने लक्ष राखे पनि विभिन्न समस्याका वावजुद हिजो सम्म ३ सय पीस वढी मात्र वितरण गर्न पाएको उहाँले वताउनुभयो । उहाँले सामाजिक सञ्जाल फेसवुक मार्फत पनि यो वेला माक्स, खाद्यान्न र ग्यासको मूल्य वृद्धी नगर्न हनुरोध गर्नुभएको छ ।

उहाँले लेख्नुभएको छ “आदर्णिय आमाबुबा,दाजुभाइ तथा दिदी-बहिनिहरु अहिलेको यो कोरोना भाईरसको संक्रमण र यसबाट बच्न र बचाउन आ-आफ्नो क्षेत्रबाट नाफा मुलक कार्य छाडेर मानविय धर्म सम्झि मात्र सेवाप्रदायक कार्यमा अघि बढौं। कसैले पनि माक्समा व्यापार नगरौं।“
“र ग्याँस,खाध्यान्नमा मुल्यबृध्दि नगरौं।“