कस्तो अवस्थामा कोरोनाको परिक्षण गर्ने ?

डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञको अनुसार :
– अचानक १०२ डिग्रीभन्दा धरै ज्वरो आएमा
– सुख्खा लहरे खोकी लागेमा
– सास फेर्न निकै गाह्रो भएकोमा
– छातीको एक्स रे गर्दा निमोनियाको लक्षण देखिएमा
– एकदम थकाइ लागेमा

कुन अवस्था मौसमी फ्लु हो ?
– रुघा लागेमा
– नाक बन्द हुने वा नाकबाट पानी आइरहेमा
– मन्द ज्वरो आएमा
– सामान्य खोकी लागेमा
– हाच्छ्युं आइरहेमा
– हल्का शरीर दुखेमा

आत्तिने नगरौं, कोरोना कमजोर भाइरस हो | ८५ % व्यक्तिलाई सामान्य लक्षण देखिएर निको हुन्छ | घरमै बसेर, झोलिलो खाना खाएर तथा सिटामोल खाएर निको हुन्छ |

बाँकी १० % लाई अस्पतालमा केहि दिन बस्नुपर्ने हुन्छ | केहिलाई गम्भीर अवस्था हुन्छ तर निको हुन्छ | २-३ % को मात्र मृत्यु हुन्छ | यो २-३ % मृत्यु हुने धेरै रोगहरु छन् |

यो भिडियो पनि हेर्नुहोला : नेपाल प्रहरीको दाबी ‘ग्यासट्रिक च्वाट्टै’ अब तपाईको पालो।