बद्री पंगेनी सहितको कलाकार टिम पुगे देशको चिन्ताले मन्त्रि भेट्न,माक्स नपाउदा कलाकार आक्रोशित

कमल सरगम-काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९) नेपालमा संक्रमण हुन नदिन भर्पूर सहयोग गर्ने प्रतिवद्धता जनाए संगै लोक दोहोरी प्रतिष्ठानका निबर्तमान अध्यक्ष बद्री पंगेनी सहितको टिम पुगेर स्वास्थ्य मन्त्रीलाई भेटेका छन।

कोरोनाविरुद्ध सतर्कता अपनाउन सरकारले गरेको निर्णयको समर्थन गर्दै प्रतिष्ठानले सहयोग गर्न तयार रहेको जनाए संगै उक्त अभियानको नेतृत्व गरेर पुगेका पंगेनीले बजारमा माक्स न पाएको भन्दै मन्त्री समू आक्रोशित भएका छन।पंगेनीले भने ‘बरु पैसा छैन भने हामी दिन्छौ तर माक्सकै कारण जनतालाई ठुलो संकट नपरोस’।

गत केहि दिन अगाडी प्रतिष्ठानका अध्यक्ष रमेश बि.जी. र महासचिव सुवास केसीद्धारा संयुक्त रुपमा जारी विज्ञाप्तिमा आवश्यक परेका खण्डमा प्रतिष्ठानको भवन समेत क्वारेन्टाइनको लागि प्रयोग गर्न दिइने भनिएको थियो उक्त बिज्ञप्ति सहित बद्री पंगेनी,राधिका हमला,शंकर बिसी,पि एन सापकोटा,हेमन्त शर्मा,अनिता चलाउने,बिहानी पंगेनी लगाएतका व्यक्तिहरु मन्त्र लय पुगेका थिए।कलाकारहरुले सम्पूर्ण नागरिक तथा कलाकारलाई कोरोनाको संभावित जोखिमबाट आफू बच्न र गीतसँगीतमार्फत जनचेतना फैलाउन विज्ञाप्तिमा आग्रह गरिएको छ ।हेरौ भिडियो :