यी हुन् मानव इतिहासकै धनी मान्छे, जो सुन बाँड्दै हिँड्थे !

अहिले विश्वका सबैभन्दा धनी मानिसको नाम के हो ? भनेर सोधियो भने सायद धेरैलाई थाहा छ होला । अमेजन कम्पनीका सीईओ जेफ बेजोस । उनी विश्वका धनी व्यक्तिको सूचीको पहिलो नम्बरमा छन् ।

हामीलाई यो पनि थाहा छ कि बेजोसभन्दा अगाडि माइक्रोसफ्टका संस्थापक बिल गेट्स धेरै वर्षसम्म विश्वको एक नम्बर धनाढ्य थिए ।

धन सम्पत्ति भन्ने कुरा थपिने र घट्ने भइरहन्छ । त्यसैले समयअगाडि बढ्दै जाँदा नयाँनयाँ धनाढ्यहरु थपिन्छन् र धन सम्पत्तिमा पुरानालाई पछि पार्दछन् ।