चैत ७ गते आज शुक्रबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं

ज्यो.पं. – हरिप्रसाद भण्डारी (बरिष्ठ ज्योतिष एवं वास्तुविद) सम्पर्क नं +९७७– ९८४२२१९७३५ 

आजको राशिफल बि.सं.२०७६ साल चैत ७ गते शुक्रबार ई. सं. २०२० मार्च २०, नेपाल सम्बत ११४० चिल्लागा एकादशी, परिधावी नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, चैत्र कृष्ण पक्ष अष्टमी तिथी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, शिव योग, बालक करण । नेपालमा सूर्योदय बिहान ०६ः७ बजे, सूर्यास्त साँझ ०६ः१५ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त हुनेछ । कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कन आजका लागि शुभ समय – बिहान ७ बजेर ३९ मिनेट देखि १० बजेर ४० मिनेट सम्म छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित समय हो । ठाउँ अनुसार समय, तिथि, नक्षत्र, ईत्यादीमा पनि अन्तर हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पितृधनबाट फाइदा उठाउन सकिने छ । प्रशस्त आम्दानी हुने सङ्केत छ, तर आम्दानी गरिएको धन मनोरञ्जनात्मक क्षेत्रमा खर्च हुनसक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ । विगतमा गरिएको श्रमको समुचित मूल्याङ्कन हुनेछ । प्रतिष्ठित काम गर्ने अवसर जुर्नेछ । स्वास्थ्यस्थिति राम्रो रहनुका साथै काम गर्ने जाँगर बढ्ने छ । पारिवारिक सुखसम्मृद्धिमा बृद्धि हुनेछ । काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्नति गर्ने अवसर प्राप्त हुने योग छ । नवीन रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुने छ । आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । शुभरङ्ग ध्वाँसे, शुभअङ्क ६, शुभदिशा दक्षिण, इष्टदेवता महालक्ष्मी, कार्य्सिद्धि मन्त्र ॐ भूमिदेव्यै नमः २३ पटक जप गर्नु शुभ हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –धर्म स्थानमा चन्द्रमा भएकाले आज परोपकारी काममा समय दिनु राम्रो हुन्छ । पुराना कुरा र यादमा आजको कुनै समय यापन हुनसक्छ । आफन्त वा साथीभाइले निस्वार्थ भावले सहयोग गर्नेछन् । शरीरमा उत्साह र उमङ्गको उदय हुनेछ । सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । मनोरञ्जनात्मक काममा रुचि जाग्नेछ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ ज्ञान आर्जन गर्ने समय छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । आध्यात्मिक भावनाको उदय हुनेछ । हातमा सह भएको दिन हो, कुनै नयाँ काम थालनी गरेमा दूरगामी फाइदा मिल्न सक्छ । बन्दव्यापार र कामधन्दामा समेत राम्रो छ । शुभरङ्ग सेतो वा पहेंलो, शुभअङ्क ५, शुभदिशा पूर्व, इष्टदेवता कुलगुरु÷शिवजी, कार्य्सिद्धि मन्त्र ॐ गुरवे नमः १९ पटक जप गर्नु शुभ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नुपर्छ । तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । घरायसी वातावरण, दाम्पत्य र प्रणयसम्बन्धमा आज असहजता आउनसक्छ । कसैसँग व्यर्थमा वादविवाद हुनसक्छ । गर्नु नपर्ने कामबाट जोगिनु राम्रो हुन्छ, कुनै महत्वपूर्ण काम गर्न बाँकी भए आजलाई स्थगित गर्नु होला । बोलीमा संयमता अपनाउनु होला, आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । नजिकैको मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । सामाजिक र परोपकारका मार्गमा अवरोध हुनेछ । शुभरङ्ग कालो, शुभअङ्क ८, शुभदिशा उत्तर, इष्टदेवता कालभैरव, कार्य्सिद्धि मन्त्र ॐ कालभैरवाय नमः १० पटक जप गर्नु शुभ हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – काम गर्न जाँगर चल्नेछ, उत्साहवर्द्धक समय छ, आम्दानी बढ्न सक्छ । परिवारमा रमाइलो वातावरण सिर्जना हुनेछ, साथीभाइ र आत्मीयजनसँग भेटघाट हुनेछ । मनोरञ्जन र रमझममा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । साथीभाइबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । पेसाव्यवसाय वा बन्दव्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यस्थितिमा अनुकूलता आउनेछ । मेजमानीको अनुकूलता प्राप्त हुनेछ । दाम्पत्यसम्बन्ध सुखद रहनेछ । प्रेम प्रसङ्ग र मनोरञ्जनका लागि अनुकूल समय छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित हुनेछ । शुभरङ्ग गुलाबी वा सिन्दूरे, शुभअङ्क ७, शुभदिशा पश्चिम, इष्टदेवता शिवर्पावती, कार्य्सिद्धि मन्त्र ॐ गृहलक्ष्म्यै नमः ११ पटक जप गर्नु शुभ हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आज गरिएका जुनसुकै काममा सफलता प्राप्त हुनेछ । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गरे पनि तिनको क्रियाकलापले उल्टै उनीहरूकै हानि हुनेछ । व्यवसायिक स्थितिमा सुधार आउने छ । स्वास्थ्य सबल रहने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नु राम्रो हुन्छ । लामो समयदेखि रोकिएका कामहरू बन्न सक्ने मौका छ । आकस्मिक निम्तोमा सहभागी हुने सम्भावना छ । मिष्ठान्न भोजनको अवसर आउने छ, तर आहारविहारमा विशेष सतर्क रहनु राम्रो हुन्छ । शारीरिक प्रतिस्पर्धा र तर्क, विवाद वा न्याय सम्पादनका सिलसिलामा लाभ प्राप्त गर्न सक्नुहुनेछ । सरकारी कामबाट फाइदा हुनेछ । शुभरङ्ग हलुका सेतो, शुभअङ्क ६, शुभदिशा दक्षिण, इष्टदेवता भगवान् शङ्कर, कार्य्सिद्धि मन्त्र ॐ रां राहवे नमः ८ पटक जप गर्नु शुभ हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – पाँचौं भावमा रहेको कमजोर चन्द्रमाको प्रभावले मन एकतमासको बन्न सक्छ । एकाबिहानै विगतका अनुभूतिमा रुमल्लिंदा निराशाभाव उत्पन्न हुनसक्छ । नघोरिई आत्मबलको प्रयोग गरी अघि बढेमा र रोकिएका कामप्रति लगनशीलता देखाएमा सफलता तपाईंको मुट्ठीमा हुनेछ । पठनपाठन र बौद्धिकताप्रति आकर्षण नै हुनेछ । मिहिनेत गरेमा विद्यार्थीले उच्च सफलता आर्जन गर्नेछन्, आजको चिन्तन र उपाय फलदायी हुनेछ । बढी व्यस्त हुनाले आवश्यक काम रोकिन सक्छ । मानसम्मानमा गिरावट आउन नदिन प्रयास गरिने छन् । आवेग र क्रोधमा नियन्त्रण गर्नु राम्रो हुन्छ, नत्र सहयोगीहरू टाढिन सक्छन् । शुभरङ्ग हलुका नीलो वा हरियो, शुभअङ्क १, शुभदिशा पूर्व, इष्टदेवता सरस्वती माता, कार्य्सिद्धि मन्त्र ॐ सरस्वत्यै नमः ७ पटक जप गर्नु शुभ हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – चौथो घरको चन्द्रमाका कारण शरीरमा आलस्य र थकानको अनुभूति हुनेछ । प्रेमसम्बन्धमा विश्वासको कमी देखिने छ । जीवनसाथीसित ठाकठुक पर्नसक्छ । अभिभावक वा नातागोताको कुनै ज्येष्ठ सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिने छ । सेवासुश्रुषामा समय र धन खर्च हुनसक्छ । बौद्धिकता र ज्ञानगुनको क्षेत्रमा समेत राम्रो छैन । शरीरमा स्फूर्ति र उमङ्ग देखिंदैन । पढाइलेखाइमा ध्यानकेन्द्रित हुन सक्दैन । सँगीसाथी र आफन्तले भनेजस्तो सहयोग पुर्याउन सक्दैनन् । झैझगडा र विवादबाट टाढा बस्ने दिन हो । आवेग र क्रोध आजका शत्रु हुन्, यथासम्भव संयम र अनुशासित भएर बस्नु पर्नेछ । शुभरङ्ग रातो वा पहेंलो, शुभअङ्क ४, शुभदिशा उत्तर, इष्टदेवता भगवती दुर्गा, कार्य्सिद्धि मन्त्र ॐ नमश्चण्डिकायै ११ पटक जप गर्नु शुभ हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – दाजुभाइ र बन्धुवान्धवका क्रियाकलापले हर्षित बनाउने छ । धार्मिक क्रियाकलाप, परोपकारी काम वा सामाजिक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ, मनमा आध्यात्मिक र दार्श्निक भावना जागृत हुनेछ । दिनदुःखीलाई दिएको सानो सहयोगले रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले मनग्ये लाभ प्राप्त गर्नेछन् । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । भोज, पार्टी वा मिठो भोजनका लागि अवसर प्राप्त हुने सम्भावना पनि छ । दीर्घकालिक फाइदाका लागि गरिएको प्रयास सार्थक हुनेछ । बन्दव्यापारबाट लाभ मिल्नेछ । शुभरङ्ग गाढा नीलो, शुभअङ्क ३, शुभदिशा पश्चिम, इष्टदेवता गणेश, कार्य्सिद्धि मन्त्र ॐ सिद्धिविनायकाय नमः ८ पटक जप गर्नु शुभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – आर्थिक रूपमा राम्रै रहे पनि सामाजिक र व्यक्तिगत प्रतिष्ठा प्राप्त गर्न खट्नु पर्ने दिन छ । पढाइलेखाइको क्षेत्रमा समय दिन सकिने छैन । पारिवारिक तनाव र किचलोका कारण दिक्क लाग्नेछ । प्रतिष्ठा प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्नेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्दा महँगोमा पर्ने योग छ । व्यापारिक कारोबार वा दैनिक आम्दानीका क्षेत्रमा प्रयास गरेबमोजिम फाइदा लिन सकिने छ, तर नियमित खानपानको समयमा फेरबदल हुनसक्छ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानी गर्न बाध्य हुनुपर्छ । बोलीमा अंकुश लगाएको बेस हुनेछ, चेलीबेटी वा कुटुम्ब टाढिने सम्भावना छ । परोपकारी काममा व्यय हुनेछ । शुभरङ्ग घिउ रङ, शुभअङ्क २, शुभदिशा दक्षिण, इष्टदेवता लक्ष्मी माता, कार्य्सिद्धि मन्त्र ॐ महालक्ष्म्यै नमः ११ पटक जप गर्नु शुभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – मन त्यसैत्यसै उत्ताउलो र भावुक बन्न सक्छ । सामाजिक वा छरछिमेकीका काममा खट्नु पर्नेछ, तर जस र प्रतिष्ठाको सम्मान नहुनसक्छ, अन्त्यमा कताकता निराशाबोध हुनसक्छ । आत्म–विश्वासमा कमी आउने छ । छिटो समाप्त हुने कामबाट राम्रै फाइदा लिन सकिन्छ, तर दीर्घकालिक कामको थालनी गर्दा पछि पछुतो हुनसक्छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लगाउनु राम्रो हो । कामधन्दाप्रति दिलचस्पी हुने छैन, तर अल्छी गरेमा कुनै आवश्यक काम रोकिन सक्छ । विशिष्ट व्यक्तित्वसित विवादको सम्भावना छ । पारिवारिक जमघट हुनेछ, तर विवाद र झैझगडामा संयम हुनु राम्रो हुन्छ । शुभरङ्ग सिन्दूरे रातो, शुभअङ्क ९, शुभदिशा पूर्व, इष्टदेवता हनुमान, कार्य्सिद्धि मन्त्र ॐ हं हनुमते नमः १० पटक जप गर्नु शुभ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – बाह्रौं चन्द्रमा रहेकाले मनमा उदासीनता आउने छ । दीर्घकालीन लगानी गर्नु उपयुक्त देखिंदैन । आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ, रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । विश्वास गरेका व्यक्तिबाट नै धोका हुने सम्भावना छ । बन्दव्यापार तथा पेसाव्यवसायमा ध्यानकेन्द्रित हुन सक्दैन र पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । नचाहेको जिम्मेबारी आइलाग्छ, मनमा उत्साह देखिंदैन । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्ता बढ्ने छ । खर्चको मात्रा बढ्न सक्छ । धेरै टाढा जानु हुँदैन, लामो दूरीको यात्रामा झमेला आउने छ । शुभरङ्ग सेतो वा बैैजनी, शुभअङ्क ४, शुभदिशा उत्तर, इष्टदेवता धर्मराज, कार्य्सिद्धि मन्त्र ॐ चित्रगुप्ताय नमः १९ पटक जप गर्नु शुभ हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – राज्यस्थानमा चन्द्रमा भएकाले आज पर्याप्त लाभ लिन सकिने दिन हो । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । परोपकारी काममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपाईंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । स्वास्थ्य सबल छ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । अभिभावकको आशीर्वाद लिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्नेछ । शुभरङ्ग कालो, शुभअङ्क ३, शुभदिशा पश्चिम, इष्टदेवता सरस्वती माता, कार्य्सिद्धि मन्त्र ॐ नीलसरस्वत्यै नमः २३ पटक जप गर्नु शुभ हुनेछ ।