‘न्याऊली रुँदै’ बोलको नयाँ गीतले यती बेला भाइरल हुदै (भिडियो सहित)

नेपाल स्वयंसेवक संघ कलाकार संगठन कि केन्द्रीय उपाध्यक्ष गायिका मालती खरेल र गायक तेजेश रेग्मीको स्वरमा बजारमा आएको ‘न्याउली रूँदै’ बोलको नयाँ गीतले यती बेला दर्शकको माया पाइरहेको छ । गीतमा सुरेशरमण अधिकारीको शब्द रहेको छ भने संगीत गायक तेजस रेग्मीले भरेका छन् ।

राग स्टुडियोमा रेर्कड भएको गीतको एरेन्ज योगेश काजीले गरेका हुन् । मिक्सिङ एडविएन किस्मतले गरेका हुन् । भिडियोको निर्देशन शिव विकले गरेको भिडियोमा गायक तेजस रेग्मी र यान्सु श्रेष्ठले अभिनय गरेका छन् । यस गीतको छायांकन अजय रेग्मीले गरेका हुन् भने कोरियोग्राफर माधव श्रेष्ठ हुन् ।

सम्पादनमा पदम सुवेदी र मिलन विकको भूमिका रहेको छ । शीव फिल्म्स र ड्रागन पिक्चरको निर्माण रहेको भिडियो मालतीको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।गीतलाई अत्यन्तै मेहेनतका साथ अडियो र भिडियो उत्कृष्ट बनाइएको छ ।