गलबन्दी गीतकी शान्ति श्री परियारले गाएको गीत १२ घण्टा न बित्दै युटुबमा भाइरल

कमल सरगम काठमाडौं । इमेज लोक कलाकार सिजन २ मा पब्लिक च्वाईस अवार्डका विजेता गायक शितल गुरुङको ‘ढाँट्यो जिन्दगीले’ लोकदोहोरी गीतको भिडियो सार्वजनिक भएको छ ।

गायक गुरुङ र गायिका शान्तिश्री परियारले आवाजमा रहेको उक्त गीतमा रमेश परियारको शब्द–संगीत रहेको छ । गीतको भिडियोमा निर्देशक कपिल लामाले निर्देशन गरेका छन् भने सुरेश श्रेष्ठको छायांकन रहेको छ ।

त्यस्तै, मोडल सारिका केसी र किरण मगरले उक्त भिडियोमा अभिनय गरेका छन् । मनोज कार्किले सम्पादन भिडियोलाई शुभारम्भ डिजिटलको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ । मायाप्रेमका विषयलाई गीतको शब्दमा उजागर गरेर भिडियो बजारमा ल्याएको गायक गुरुङले जानकारी दिए ।