मनिषको स्वरमा “फिक्का लाग्छ …” सार्वजानिक / भिडियोमा डेब्यु मोडल जीवन

एम आर एस जादु इन्टरटेन्टमेन्ट र लिटिल भिगेन बोईज क्रीएसनको सयुक्त निर्माणमा जीवन गुरुङ फिचर्ड “फिक्का लाग्छ सार्वजनिक भएको छ ।अमेरिका निवासी जीवनको पहिलो कोसिस फिक्का लाग्छमा जीवन लाई चर्चित मोडल छिरिङ शेर्पाले साथ् दिएकी छिन ।

पोखरा र मुस्ताङका रमणीय स्थानहरुमा करिब ४ दिन लगाएर छायांकन गरिएको यस गीतमा शब्द ,संगीत मनिष श्रेष्ठको रहेको छ।मेलिना राई र मनिष श्रेष्ठको आवाज रहेको यस गीतको भिडियो लाई चक्र बराल (बाशु ) ले छायांकन र शिलन लम्सालले सम्पादन गरका हुन। गीतलाई परिकल्पना तथा स्क्रिप्ट कन्सेप्ट भने बिशेष पन्तले गरेका हुन्। भिडियोको परिकल्पना गरेका बिशेषले गीत उत्कृष्ट बनेकोमा खुसि ब्यक्त गरे। गीतलाई मनिष श्रेष्ठले कोरियोग्राफी गरेका हुन । करिब ३ दर्जन गीतहरुमा आफ्नो अवाज भरिसकेका गायक मनिष श्रेष्ट भर्षटाईल सिङ्गरको रुपमा चर्चित छन । यस गीतबाट गायक श्रेष्ठले सांगितक आकाशमा नयाँ फड्को मार्नेमा उनि ढुक्क रहेका छन ।

महादेव त्रीपाठीको बिशेष सहयोग निर्माण भएको यस गीतमा राजेन्द्र गिरि ( गुन्द्रुके) तथा समनराज र महादेव त्रिपाठीको पनि प्रमुख अभिनय रहेको छ ।भिडियोको प्रोडक्सन डिजाईनर भने राजेन्द्र गिरि ( गुन्द्रुके) र समान राजले गरेका हुन ।

करिब १२ बर्ष देखि अमेरिकामा रहेर मोडलिंग र आफ्नो पढाईलाई निरन्तरता दिईरहेका जीवनले यु एस मा बसेतापनि हरबखत कलाकारितामा रुची राखेका जीवन अमेरिकामा पनि सफल कलाकारको रुपमा चर्चित छन । करिब २० दिन अघि नेपाल आएका जीवनले महादेव त्रीपाठी संग अमेरिकामा नै भेटमा आफुलाई नेपाली गीतमा मोडलिंग गर्न मन लागेको बताए पछी उनि नेपाल आएका हुन् र नेपाल आए लगत्तै उनले ४ ओटा गीतमा अभिनय पनि गरे चकलेटी लुक्सका जीवनले लामो समय देखि अमेरिका बसेतापनि नेपाली कला र संस्कृतिको मायाँ लाग्ने बताए ।

नेपाली गीतको भिडियो जब युटूबमा हेर्थे तब केहि गाह्रो हुने महसुस गर्थे तर जब नेपाल आएर काम गरे तब काम सहज लाग्यो र कारण थियो मेरो टिम , यो टिम संगै काम गर्दा मैले गाह्रो महासुस गर्न नि पाईंन । यस लगत्तै मेरो अर्को गीत “बैशाखे महिना ‘ र बाच्न खोज्दा ” रिलिजको तयारीमा रहेको छ । ति गीतहरुमा मैले चन्दा ढुंगाना र बिनु गुरुङ संग अभिनय गरेको छु।


फिक्का लाग्छा लाई भक्त गुरुङ , कृष्ण गुरुङ र बिक्रम गुरुङ्गले लगानी गरेका छन ।