कोरोना संक्रमणको भौतिक पूर्व तयारी : बालबालिकालाई कोरोना संक्रमणबाट कसरी बचाउने ? डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ

चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण १२५ देशमा फैलिएको छ | रोग फैलिएको देशमा तथा कोरोनामुक्त देशमा पनि त्रासको बाताबरण छ | आफ्ना बालबालिकालाई कसरी बचाउने भन्ने चिन्ताले अभिभावकहरु गहिरो चिन्तामा छन् | घर, स्कुल लगायत सबैतिर कोरोना संक्रमणको हल्ला सुनेर बालबालिका धेरै त्रस्त छन् |

कोरोना संक्रमणको भौतिक पूर्व तयारी :

कोरोना संक्रमण भएका बिरामी र अन्य बिरामीलाई एकै अस्पतालमा उपचार गर्नु जोखिमपूर्ण हुन्छ | तसर्थ सरकारले यी काम तुरुन्त गरोस |

– ५ हजार सुरक्षाकर्मी खटाएर १ हजार वटा कोठा भएका टहरा ( फलाम, ब्लक र टिन प्रयोग गरेर ) ७ प्रदेश मै बनाओस | यसो गर्दा क्वारेन्टाइनमा बस्नु पर्ने वा रोग फैलिएमा आइसोलेसनमा बस्ने ब्यबस्था सुरक्षित हुन्छ | यी टहरा मानववस्तीभन्दा अलि टाढा, बाटो, बिद्युत र पानीको सुबिधा भएको ठाउँमा बनाउनु उपयुक्त हुन्छ |

– अस्पताल बनाउन सम्भव भएका खाली सरकारी भवन थुप्रै छन् | ती भवन हरुलाई कोरोना संक्रमण उपचार गर्ने अस्पतालको रुपमा बिकास गर्न सकिन्छ | यसो गर्दा उपकरण र बेड ब्यबस्था गरे पुग्छ | जनशक्ति हरेक अस्पतालबाट लिन सकिन्छ |

– आइसीयु तथा भेन्टिलेटरको लागि बिध्यमान कुनै ठूलो अस्पताललाई उपयोग गर्न सकिन्छ |

– त्रास र त्रासजन्य मनोरोगको लागि हरेक अस्पतालमा परामर्श युनिट स्थापना गर्नु अत्यावश्यक छ |

डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ