राष्ट्रपति ट्रम्पको कोरोना भाइरस कोभिड-१९ को परीक्षण परिणाम संक्रमित नभएको पुष्टि

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको कोरोना भाइरस कोभिड-१९ को परीक्षण परिणाम आएको छ । व्हाइट हाउस तथा उनका चिकित्सकका अनुसार राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित नभएको पुष्टि गरेको छ ।

राष्ट्रपति ट्रम्पले अमेरिकाको भ्रमणमा रहेका ब्राजिलका राष्ट्रपति र प्रतिनिधि मण्डलले फ्लोरिडामा उनि संग हात मिलाए पछि उनि माथि प्रश्न उठाइएको थियो । किनभने ब्राजिलका राष्ट्रपतिलाई कोरोना भाइरस भएको निश्चित भएको थियो ।

र सामाजिक संजाल र संचार घरहरुले राष्ट्रपति ट्रम्पले पनि जाँच किन नगरेको भनि टिका टिप्पणी उठी रहेको समयमा गत शनिबार मार्च १४ का दिन व्हाइट हाउसमा कोरोन भाइरसको अध्यावधिक दिने क्रममा मार्च १३ शुक्रबारको दिन राष्ट्रपति ट्रम्पले जाँच गरेको बताएका थिए ।

उक्त समयमा उनले १-२ भित्र परीक्षण नतिजा आउने बताएका थिए । उनले व्हाइट हाउस आउनु अगाडी आफ्नो शरीरको तापक्रम पनि जाचिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिएका थिए ।

श्रोत : फक्सन्युज / इनेप्लिज

कोरोना संक्रमणबारे भ्रम र यथार्थता । डा. रवीन्द्र पाण्डे जनस्वास्थ्य विज्ञ