हेर्नुस पुर्बमै बन्यो सबैलाई नचाउने सर सर बोलको गित , भिडियोमा देखियो सबैको दमदार नृत्य (भिडियो सहित)

झापा ,दमक । गायक तथा संगीतकार टंक बुढाथोकीको एरेन्जमा रहेको सर सर बोलको गित आज सार्वजनिक भएको छ । गायक प्रेम राइको स्वरमा रहेको सर सर बोलको गितको छायांकन देब राज सिग्देलले गरेका हुन् भने मुख्य कलाकारको रुपमा सुजन ढकाल र सुस्मिता मगरको अभिनय यो गीतमा देख्न सकिन्छ । भिडियोमा अन्य कलाकारको निकै नै राम्रो नृत्यपनि देख्न सकिन्छ । जिबन बिकको कोरियोग्राफमा निर्माण भएको यो गितलाइ सुमन अधिकारीले सम्पादन गरेका हुन् ।

पुर्बका बिभिन्न रमणीय ठाउमा छायांकन गरिएको यो भिडियोलाइ आइन्द्र लिम्बुले निर्देशन गरेका छन् । यस गितलाइ मोरंगमा रहेको मदन भण्डारी पार्कमा पनि छायांकन गरिएको छ । निकै राम्रो नृत्य रहेको यो गितले सबै दर्शकको मन जित्नेमा पक्का रहेको यस गितका गायक प्रेम राइले बताउनु भएको छ । भिडियो तल हेर्नुहोला ।