‘स क्किगोनी’ को आज प्रसारित २६ औ यस्तो भाग – हेर्नुहोस् भिडियोमा

काठमान्डौ । मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो तर नयाँ ‘भद्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भद्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग राखेपछि पुराना ‘भद्रगोल’का टीमले नयाँ हाँस्य टेलिशृंखला ल्याएका हुन् ।

यसअघि भद्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने सक्किगोनी पनि दिपक आर्चायले नै निर्देशन गर्नेछन्। टेलिशृंखलामा पहिलाकै भद्रगोलका कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), सागर लम्साल (बले), रक्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाकारको अभिनय रहने छ ।

यस्तै भद्रगोलका सुरुवातका इपिसोडमा देखिएका कलाकारहरुपनि अबको नयाँ शृंखलामा देखिने भएका छन् । शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’लाई पनि ‘सक्किगोनी’मा देखिने भएको छ। यसअघि यी दुईकलाकार भद्रगोलको केहि इपिसोडमा काम गरेपछि आन्तरिक कुरा नमिल्दा टिमभन्दा बाहिर काम गर्दै आएका थिए।