सनुप पौडेलको प्रेम उत्सव गीत सार्वजनिक : पत्रकार जगन कार्की र उर्मिला थापाको अभिनय (भिडियो सहित)

बिवाह बर्षगांठमा बैवाहिक जोड़ीलाई मध्यनजर गर्दै गायक सनुप पौडेलको स्वरमा एक प्रेम उत्सव गीत सार्वजनिक भएको छ । लण्डनमा छायाँकन गरिएको उक्त गीतको म्युजिक भिडियोको निर्देशन तथा सम्पादन राजदिप राईले गरेका हुन् । म्युजिक भिडियोमा गीतका रचनाकार जगन कार्की र उर्मिला थापा “सन्तु“ ले अभिनय गरेका छन्।

बेलायतमा भिडियो ग्राफी र फोटोग्राफीमा स्थापित नाम प्रोडक्सन ३ द्वारा तयार गरिएको भिडियोको प्राविधिक संयोजन एजर श्रेष्ठले गरेका हुन् । “ म्यारिज एनिभर्सरिलाई नै मध्यनज़र गरेर बनेको गीत शायद यो नै पहिलो हुनु पर्छ, उपलब्ध स्रोत र साधनको प्रयोगबाट बनेको यो एक उत्कृष्ट कृती रहेको श्रेस्ठको जिकिर छ।

बैवाहिक बर्ष गांठमा सुन्न, नाच्न मिल्ने नेपाली गीत नभेटिएकोले आफुले सबैको एनिभर्सरी तथा भयालेंटायन तथा प्रेमीहरूको मिलनको उत्सवमा सुन्न , बजाउन र नाच्न मिल्ने गरी गीत लेख्ने जमर्को गरेको रचनाकार कार्कीले बताए ।

गीतको भिंडियो जस्ताको तस्तै तल लिंकमा हेर्नुहोला