दोहोरी गाएरै बिबाह गरे सिता र बालकुमारले, कृष्ण कंडेल र बद्री पंगेनीले मागे अर्को बर्ष घोर्ले छोरो

लोकप्रिय गायक बाल कुमार श्रेष्ठ र गायिका सिता श्रेष्ठ बीच बिबाह सम्पन्न भएको छ।दुवै दोहोरी गाएर चर्चामा आएका कलाकार हुन्।उनीहरु बीच प्रेम रहे पनि २ बर्ष पछि बिबाह सुटुक्क गरेका थिए।सुटुक्क बिबाह गरे पनि उनीहरुलाई शुभकामना दिन भने दोहोरी क्षेत्रका होनहार कलाकारहरु पुगेका थिए।

एता इन्द्रेणीका कृष्ण कंडेल र बद्री पंगेनी पुगेर घोर्ले छोरा मागेका छन।१ बर्ष भित्र घोर्ले छोरो जन्माउनु है भन्दै बाल कुमार लाइ पंगेनी र कृष्ण कंडेल ले शुभकामना दिएका थिए भने एता सिता श्रेष्ठ भने लाजले भुतुक्कै भएकी थिइन।सिता श्रेष्ठलाई पछिल्लो समय बिष्णु माझीको जस्तै आवाज भएकी गायिका को रुपमा आम दर्शक श्रोताले लिने गर्दछन।उनीहरु बिचको प्रेम लामो समय टिक्न पाएन जसको परिणाम नै बिबाह भयो।बैबाहिक जीवनको शुभकामना दिदै उनीहरु संग भएको यो बिशेष कुराकानी हेरौ :