यिनै हुन् किशोरी जसको हातमा दुर्घटनाबस भैसीलाई लगाउने खोरेतको सुई पर्यो (स्थलगत रिपोर्ट )

केही समय अगाडीबाट सामाजिक संजालमा खोरेतको सुई युवतीको हातमा लगाइयो भन्ने समाचार भाइरल बनिरहेको छ ।

खोरेत रोगको भ्याक्सिन लगाउने क्रममा एक युवतीको हातमा सूई घोपिन पुगेपछि नवलपुरको देवचुली नगरपालिका वडा १६ की वडासदस्य जानकी लामिछाने विवादमा तानिएकी छिन् ।सो रोगको भ्याक्सिन लगाउन भन्दै देवचुली नगरपालिका वडा नम्बर १७ की युवती कञ्चन रेग्मीको घरमा लामिछाने पुगेकी थिइन् ।

घरमा परिवारका अन्य सदस्य नभएको र कञ्चन रेग्मीको आमाले हुन्छ लगाईदिनु भनेपछी उनले भ्याक्सिन लगाउन सुरु गरिन तर भ्याक्सिन लगाउनेक्रममा वडासदस्य जानकी लामिछाने लड्न पुगिन र युवतीको हातमा सुईले घोचेर चोट लागेको छ

पिडित भनीएकी कञ्चन रेग्मीले उक्त दिन दुर्घटनाका कारण आफुलाई सुई लाग्न पुगेको तर दुर्घटना पश्चात वडासदस्य जानकी लामिछानेले केही हुदैन सुईको औषधी भैसीको छालामा गइसकेको र सुईको टुप्पोले कोतारेको मात्र भनी साबुन पानिले हात धोउ केही हुदैन भनी आफुलाई सामान्य प्रथामिक उपचारसम्म नगराएर गम्बिर लापरबाही गरेको आरोप लगाएकी छिन.उनले आफुलाई भैतिक संगै मानसिक तनाब धेरै भोग्नु परेको भन्दै दुर्घटना पछी डासदस्य जानकी लामिछानेले चासो नदीएका कारण मन दुखेको बताएकी छन्

यता फेवा टेलिभिजनका स्टेसन म्यानेजर पोखराका क्रियाशिल पत्रकार हेमराज अधिकारीसंग कुरा गर्दै वडासदस्य जानकी लामिछानेले उक्त दिन दूर्घटना भएको र भ्याक्सिन शरीर भित्र नगएका कारण सामान्यरुपमा युवतीलाई छोडेर हिड्नु आफ्नो गल्ती भएको स्वीकार गरेकी छिन् साथै उनले युवतीको उपचार खर्च सबै आफु गर्ने र सक्दो सहयोग आफ्नो तर्फबाट गर्ने बताएकी छन्

उनि हिजो मात्र भरतपुर अस्पतालमा उपचार पश्चात डिस्चार्ज भएकी छिन् .फेवा टेलिभिजनका स्टेसन म्यानेजर पोखराका क्रियाशिल पत्रकार हेमराज अधिकारीसंग पिडीत युवतीले गरेको कुराकानी हेर्नुहोस