भिम बिष्ट र एलिना चौहानको स्वरमा ‘धोका दियो हाइटले’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं : जुनको साथी तारा, सिम्पल डिम्पल, रेवन चस्मालगाएतका थुप्रै गीतका गीतकार तथा संगीतकार भिम बिष्ट र पछील्लो समयकी चर्चित गायिका एलिना चौहानको स्वरमा सजिएको गीत ‘धोका दियो हाइटले’को भिडियो सार्वजनिक भएको छ ।


नवराज कलौनीको शब्द, भिम बिष्टको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीत इनाक्षी इन्टरटेन्मेन्टको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

रोमान्टिक डान्सिङ फ्लेवरको गीतको भिडियो पनि उत्तिकै सुन्दर बनेको छ । टेक बहादुर शाह ‘टेकेन्द्र’को निर्देशन रहेको गीतको भिडियोमा आचल शर्मा, जिवेश गुरुङ, बुद्दी तामाङ, सर्मिला शर्मा, भिम बिष्ट र एलिना चौहान फिचर्ड छन । गीतमा हाइटले धोका दिदा भोग्नु परेको समस्यालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ ।

भिम बिष्टका यो भन्दा पहिलेका सबै गीतहरु हिट नै छन । यो गीतमा पनि आफुहरुले निकै मेहनत गरेर ल्याएको र दर्शकहरुले पनि पहिलेका गीत जस्तै धोका दियो हाइटलाई पनि मन पराइदिनेमा आफु र आफ्नो टिम ढुक्क रहेको गायक बिष्टले बताए । गीतको भिडियोमा राम कुमार केशीको छायांकन, बिक्रम स्वारको कोरियोग्राफि र निर्देशक टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

गीत आँफैमा सुमधुर र त्यसमाथि भिडियो पनि झन उत्कृष्ट बनेकोले दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टरटेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछिल्लो समयमा इनाक्षी इन्टरटेन्मेन्ट मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भैरहेका छन । भिडियो हेर्नुहोस् :