स्कटलैण्डको काउडेनवीथ सिमला प्यालेसमा नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रवर्धन भव्य रुपमा सम्पन्न।।।

एडन्बरा, स्कटल्याण्ड
नेपाली राजदूतावास लण्डनले स्कटल्याण्डको काउडेनवीथ स्थितसिमला प्यालेसका काशी राम भण्डारी को सहकार्यमा नेपाल भ्रमण वर्ष २०२० पर्यटन प्रबर्धन कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाली दूतावास लण्डनले स्कटलैण्डको नमस्ते सिमला प्यालेसमा सम्मान पुर्बक कार्यक्रममा काउडेनवीथ का लोकल काउन्सिलर देरन् वाट् (Mr Darren watt) तथा स्थानीय बासिन्दा हरूको बृहत उपस्थितिका माझ नेपाली नृत्य गुरू चरण प्रधान र स्थानीय कलाकार द्वारा संस्कृति कार्यक्रम सहित नेपाल भ्रमण वर्ष २०२० सफलतापूर्वक संपन्न भएको छ।
स्कटलैण्डका स्थानीय बासिन्दाहरूको बृहत उपस्थिति तथा नेपालीहरू सहित करिब डेढ सय जनाको सहभागिता रहेको सो कार्यक्रममा काउडेनवीथका काउन्सिलर डारेन वाटले नेपाल भ्रमण गर्न आफू इच्छुक रहेको बताएका थिए । नेपाल भ्रमण वर्षलाई सफल पार्न आफ्नो तर्फबाट पूर्ण रुपमा सहयोग रहने पनि वाटले बताएका थिए र सम्पूर्ण स्थानीय हरूलाई नेपाल भ्रमणको लागि आग्रह गर्नुभएको थियो।
नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरनले पर्यटन प्रबर्धन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सिमला प्यालेसले पुर्याएको योगदानको सह्राना गर्दै सम्पूर्ण स्कटिष्ट नागरिकहरुलाई आफू र आफन्तसहित नेपाल भ्रमणमा जानको लागि आग्रह गरेका थिए। आरनले नेपाल भ्रमण वर्ष २०२० सम्बन्धि विशेष जानकारीमूलक पावरपइन्ट प्रस्तुत गरेका थिए ।
नेपाल भ्रमण वर्षलाई प्रबर्धन गर्ने खालका विभिन्न ४ ओटा भिडियोहरुको प्रस्तुती गरिनुका साथै स्कटलैण्डका नृत्य गुरू चरण प्रधान द्वारा मञ्जुश्री नृत्य प्रस्तुत गर्नुभएको थियो भने बाल कलाकार र अन्य कलाकार द्वारा नेपाली नृत्य प्रस्तुतिले कार्यक्रममा उपस्थित स्थानीय बासिन्दाहरू माझ कार्यक्रम आकर्षक रहेको थियो।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नेपाली दूतावास लण्डन तथा काउडेनवीथ का लोकल काउन्सिलर देरन् वाट् (Mr Darren watt) तथा स्थानीय बासिन्दा हरूको सम्मान पुर्बक कार्यक्रम लाई सफल बनाउन सहयोग गरिदिन हुने सम्पुर्ण महानुभावहरूलाई स्कटलैण्ड परिवार हार्दिक आभार प्रकट गर्दछ।धन्यवाद।।।