सुरेन्द्र केसीको ७० करोडको आक्रोश:गु*ण्डाको भाषा बोल्ने अबुझलाइ मन्त्री बनाएर ओलीले खाने भाडो बनाए

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भए संगै पछिल्लो समय मिडियामा बास्कोटाको बिरुद्धमा बोल्नेहरुको लर्को लागेको छ।एता विश्लेषक सुरेन्द्र केसीले पनि खरो रुपमा आफुलाई प्रस्तुत गरेका छन।बास्कोटा को चरित्रको बयान गर्दै उनि माथि खनिएर उनले आफ्नो आक्रोश प्रधानमन्त्रीमाथि पोखेका छन।दुइ कौडीकोलाइ मन्त्री बनाउदा यो हबिगत भएको भन्दै उनले कडा व्यंग्य गरेका छन।

एउटा गुण्डाले बोल्ने भाषा नेताले बोलेको भन्दै आफ्नो हैसियत भुल्ने मन्त्रीले कारबाही भोग्नु पर्ने सम्म उनले भन्न भ्याए भने यो सबै भ्रष्ट्राचार गर्न प्रधानमन्त्रीले लगाएको समेत आरोप लगाएका छन।ओलीले नै आफु पछाडी बसेर यो गर त्यो गर भन्दै यस्तो हालत भएको केसीको ठहर छ।१ महिना अगाडी अडियो पाउदा समेत चुप बसेका ओलीले किन अगाडी नै राजिनामा दिन लगाएनन्?सबै कारण आफै हुन् उनि केसीले भने।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी तोकेकी छन् ।सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।बास्कोटाले सञ्चारसँगै शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्दै आएका थिए । उनले राजीनामा दिएपछि शहरी विकास मन्त्रालयको जिम्मा भने भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्ने भएका छन् ।