नेपाल आइडलकि रचना रिमालकि आमा रुदै मिडियामा,के भयो अचानक यस्तो!(हेर्नुहोस भिडियो)

रचना रिमाल अर्थात चटपटेवाली यो नाम नेपाल आइडल सिजन थ्रीमा रुचाइएको, चलेको र निकै आशालाग्दो नाम हो । झापा भद्रपुर घर भएकी रचना नेपाल आइडलमा जानुभन्दा पहिला नै चर्चामा थिइन । नेपाल आइडलमा पुगेपछि रचनाको झनै चर्चा चुलिएको छ । सामान्य परिवारमा जन्मिएकी रचना रिमालको स्वर सानैदेखि नै आशा बोकेको थियो । बोली फुट्दादेखी गित गाउन रुचाउने रचनाले घर गाउँमा निकै राम्रो गाउने गरेको देखेर सबैले पाँच दश रुपैयाँ दिदै गित गाउन लगाउदै गर्थे । निकै मीठो उनको स्वरले स्कुल देखि पुराण लगायत जुनसुकै सानो कार्यक्रममा पनि स्थान पाउन थाल्यो । धेरै भजन समेत गाउदै किर्तनमा समेत पुरस्कार जितेकी रचनाले अब नेपाल आइडलको पुरस्कार पाउने कुरामा धेरैले सम्भावना बोकेकी कलाकार भनेर भनेका छन ।

नेपाल आइडलमा पनि निकै राम्रो प्रस्तुति संगै हरेक हप्ता जजहरुको पनि निकै तारिफ पाउदैछिन झापाकी रचना रिमालले । सारै मीठो स्वरकी धनी रचना नेपाल आइडल सिजन तिनबाट नेपालको पहिलो महिला बिजेता बन्ने सम्भावना धेरै देखिन्छ । नेपाल आइडलको कार्यक्रममा पनि सबैभन्दा धेरै राम्रो कमेन्ट रचनाकै आउने गर्दछ । आज समीर सुवेदी लगायत उनको सुपर अनलाइन टिभी रचना रिमालको घर पुगेको छ । घरमा पुग्दा निकै दयनीय अवस्था देखियो । रचनाले बेच्ने चटपटे पसल बन्द रहेको अनि आमाले पनि आँखा नदेखेर लुगा सिलाउने काम गर्न छाडेको रहिछन् ।

रचनाको परिवारमा तिनजना छोरी अनि आमाबुबा रहेछन । रचना रिमाल तिनजना छोरीमा माइली छोरी रहेको आमाले बताइन । रचनाकी कान्छी बहिनी पनि निकै मीठो गित गाउने रहिछन । रचनाका बुबाले सफारी चलाउने काम गर्दा रहेछन । आमाका अनुसार निकै गरिबीमा रचनाको परिवारले जसोतसो खान लाउन पुर्याउदै गरेको र रचनाको भोटिङका लागि आफ्ना परिवारले मन हुदा हुँदै पनि केही पनि खर्च गर्न नसक्ने बताउदै आँसु नै झारिन । रचनाकी आमाले रचनाको बाल्यकाल सम्झिदा घुरु धुरु रुदै यस्तोसम्म सुनाइन तलको भिडियोमा हेर्नुहोला तपाइको आँखाबाट आँसु खस्नेछ।