गायक प्रकाश कटुवाल प*क्राउ परेपछि उनको श्रीमती र दाई मिडियामा,प्रकाशलाइ फसाउन खोजेको खुलासा

परिवारसहित घुम्न गएका गायक प्रकाश कटुवाल तनहुँमा प*क्राउ परेका छन्।उनि केहि दिन अगाडी संगीतकर्मी संघको बिशेष कार्यक्रममा भाग लिन पोखरा गएका थिए।सोहि क्रममा बन्दीपुर गाउँपालिकाको डुम्रेस्थित होटेल व्यवसायीलाई आ*क्रमण गरेको आरोपमा कटुवाल सोमबार प*क्राउ परेका हुन् ।उनि पक्राउ पर्नुको मुख्य कारण भने श्रीमतीको रहेको छ।श्रीमती ले बाटोमा बमिट गरे संगै होटल मालिक जो पिडितले गालि गरेका थिए सोहि समय सानो झगडाले प्रकाश कटुवाल यो समय ज्यान मा*र्ने केसमा फसेको उनि श्रीमतीले जानाकरी दिनु भयो।श्रीमती भन्छिन ‘प्रकाश जिको केहि गल्तिनै छैन म संगै छु उहाले न कुनै कमजोरी नै गर्नु भएको छ उहालाई फसाउन बिभिन्न नाटक रचियो।भोलि प्रमाणित गरेर देखाउन सक्नु पर्यो मेरो श्रीमान गलत छन भनेर नत्र यसरी झुटो आरोप लगाउनु हुदैन’।

हाटेल व्यवसायी लालकाजी गुरुङलाई रड प्र*हार गरी घाइते बनाएको भन्दै उनकी छोरी सोनिकाले सोमबार किटानी जाहेरी दिएपछि कटुवाललाई प*क्राउ गरिएको तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवालले बताए ।कटुवालमाथि ज्यान मा*र्ने उद्योग अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको एसपी सिलवालले जानकारी दिए ।
हेरौ प्रकाश कटुवाल को दाई र प्रकाश कटुवाल कि श्रीमती संग गरिएको बिशेष कुराकानी :

यो पनि पढ्नुहोस
पोखरा जाँदै गरेका कटुवाल परिवार डुम्रेमा गाडी पार्किङ गरेर होटेल अगाडि ओर्लिका थिए । लगत्तै उनकी श्रीमतीले होटेल अगाडि बान्ता गरेपछि विवाद सुरु भएको थियो ।विवाद चर्किएपछि कटुवाल त्यहाँबाट धम्की दिदै पोखरातर्फ लागेका थिए । सो दिन साँझ केही युवाहरुको समूहले होटेल व्यवसायी गुरुङमाथि आ*क्रमण गरेका थिए ।विहानको घटनाका आधारमा आक्रमण गर्ने कटुवाल नै भएको भन्दै किटानी जाहेरी परेपछि उनलाई प्र*हरीले प*क्राउ गरेको बताएको छ ।

घाइते भएको गुरुङको भने पोखरामा उपचार हुन नसकेपछि काठमाडौंमा उपचार भइरहेको छ ।एता उनि माथी अन्याय भएको भन्दै राष्ट्रिय संगीतकर्मी संघले रिहाइ को माग गरेको छ।रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गर्दै सस्थाका अध्यक्ष राजेन्द्र कुमार कार्कीले उक्त घटना को प्रतक्ष दर्शी आफु रहेको र प्रकाश कटुवाल निर्दोष रहेको दाबि गर्दै तत्काल रिहाइको माग गरेको छ।सस्थाले आफ्नो बिज्ञप्ति निकाल्दै कटुवालको रिहाइको माग गरेका हुन्।
राष्ट्रिय संगीतकर्मी संघको प्रेस बिज्ञप्तिमा यस्तो लेखिएकोछ

कोहिलाइ दोसिको विल्ला भिराउदैमा दोसी हुदैन र कोहि निर्दोष भन्दैमा निर्दोष हुदैन तर राष्ट्रिय संगीत कर्मी संघ पोखराको एउटै कार्यक्रममा गएका हामि सबैलाई जगजायरै छ । दश वर्षपछी पोखरा गएका गायक प्रकाश कटुवाल आफ्नो परिवार र छोराछोरीका साथै विनोद ढकाल , शंकर ढकाल (जो डाइलेसिस गरेर आफ्नो जीवनमा संघर्ष गर्दै बाचिरहनु भएको छ) लगायत पोखरा गैरहेको अवस्थामा डुम्रेमा कटुवालको श्रीमतीलाई बमिट आउदा बमिट गराएको सामान्य घटना घटेको र सहमतिमा छुटेर गएको अवस्थामा प्रकाश मार्फत नै घटना घटाइयो भनेर सत्य , तथ्य बेगर केहि भिड , जमात र एक अमुक राजनीतिज्ञको कारण ‘ज्यान मार्ने उद्योग ‘ मा मुद्दा दर्ता गरिनु सरासर अन्याय र अत्याचारको पराकाष्ट हुन् ।

साथै निर्दोस दोसी हुनु हुन्न र दोसी उम्कन्नु हुन्न भन्ने हाम्रो भनाइको कुनै प्रवाह नगरी भिड र जमातले तथ्य , सत्य छानविन गर्न नदिईकन कटुवाल नै दोसी भन्दै विपक्षिलाइ सोध्न समेत नदिने , पिट्न खोज्ने ठेगान लाउछु टाउको फुटाउछु भन्ने , भेटे मार्छु भन्ने जस्ता दानवीय र जंगली व्यवहार मैले नेपालमा देखेको थिइन् । मेरो ३७ वर्षीय जिन्दगीमा मैले सबै तिर नेपाल अपनत्व गरेको थिए , तर मलाइ लाग्यो ती तिन दिनका हाम्रा दर्दनाक क्षणमा म नेपाली छुकी कुनै हाम्रो दुस्मनी मुलुकमा । बस यति बोले तर न्याय नमरोस , निर्दोसलाई सोसी नबनाइयोस मेरो आत्मा रोइरहेको छ । म यो क्षण नमरुन्जेल भुल्दिन । अन्तमा तेही भेगमा रहेर उच्च मनोबलका साथ हामीलाई श्रदा सम्मान गर्नु हुने सम्पुण ब्यक्ति उच्चजन महानुभावहरु प्रति हार्दिक आभार व्यक्त गर्दछु । राजेन्द्र कुमार कार्की अध्यक्ष